संखुवासभा सामुहिक ह त्या प्रकरण : पाँच दिनदेखि प्रहरी र युट्युबरसँगै थिए अ’भियुक्त

काठमाडौं, २७ भदौ । गत सोमबार सङ्खुवासभाको मादी नगरपालिका–१ उमलिङ खोला गाउँमा एकै परिवारका ६ जनाको सामूहिक ह त्या भयो ।परिवार नै सखाप हुने गरी भएको सो हत्याकाण्डको अनुसन्धानको लागि नेपाल प्रहरीको पूर्ण शक्ति नै परिचालन भयो । अनुसन्धानको ५ दिन सम्म सामूहिक हत्यामा संलग्न ह त्यारालाई प्रहरीले पत्ता लगाउन सकेको थिएन ।

ह त्यारा भने अनुसन्धानमा खटेका प्रहरीहरूलाई नै उल्टै अनुसन्धानमा सघाइरहेको जस्तो भूमिका खेलेर प्रहरीसँगै घुलमिल थिए । उनी थिए मृ तक तेजबहादुर कार्कीका नजिकैका छिमेकी २५ वर्षीय लोकबहादुर कार्की। शुक्रबार अनुसन्धान टोलीले लोकबहादुरलाई नियन्त्रणमा लियो । उनलाई सुरुदेखिनै प्रहरीले शङ्काको घेरामा राखेको थियो । तर ठोस प्रमाण फेला नपरेको कारण उनलाई समयमै पक्राउ भने प्रहरीले गरेन । अन्तिममा आएर प्रहरीसँगै रहेका लोकबहादुर पक्राउ परे ।

तेजबहादुरको शव सडक छेउमा लडिरहेको देख्ने पहिलो व्यक्तिसमेत उनै लोकबहादुरले हुन् । घटनाको रिपोर्टिङका लागि पुग्नेहरू पत्रकार तथा स्थानीयले उनलाई खोजे । उनले घटनाबारे थुप्रै अन्तर्वातासमेत दिएका छन् ।

‘बडाउ तेजबहादुरको दु श्मनी कोहीसँग थिएन’ एउटा अन्तर्वातामा उनले भनेका छन्, ‘गाउँघरमा त्यस्तो शंकाको मान्छे कोही छैन मेरो विचारमा । बडाउ एकदमै सहयोगी समाजसेवी हुनुहुन्थ्यो ।’ तर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले ‘सुनचाँदी पैसा घरमै रहेछ भनेको छ नि ? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘रि सइबीले नै हो कि जस्तो छ । यो घटना ग म्भीर छ ।’

एउटा परिवारको पुरै वंश सखाप हुने गरी भएको सामूहिक ह त्याका ण्डले सबैको ध्यान तानेको थियो । यो क्रममा घटनास्थलमा पुगेका सञ्चारकर्मीहरूलाई समेत उनै लोकबहादुर कार्कीले सहजीकरण समेत गर्ने गर्दथे । यहाँसम्म कि उनले अनुसन्धान टोलीलाई खाना पकाउन पनि सघाइरहेका थिए । उनीहरूलाई सागसब्जी जुटाउन पनि सहयोग गरिरहेका थिए ।

उनले बडाबाबु (तेजबहादुर कार्की) सहित ६ आफन्त गुमाउनुपरेकोमा बिलौना गर्दै तेजबहादुर सामाजिक काममा अग्रसर भएर काम गर्ने व्यक्ति रहेको बताउँदै आएका थिए । घटना घटेको दिन मृ तक तेजबहादुरलाई पहिलो पटक उनैले देखेर हल्ला गरेका थिए । अन्ततः तनिै लोकबहादुर सामूहिक ह त्याका ण्डको दोषी बने । लोकबहादुर मृ तक तेजबहादुरका साइनोमा भतिजो हुन् ।

मृ तकको घरदेखि करिब १ एक सय मिटरको दूरीमा अभियुक्त कार्कीको घर छ । तेजबहादुर सोमबार बिहान खेताला खोज्न निस्किएका बेला बाटो ढुकेर आ क्रमण गरी ह त्या गरेको स्वीकार गरेको अनुसन्धानमा संलग्न अधिकारीको दाबी छ । उक्त घटना देखेपछि बडीआमा कमला, भाउजू रञ्जना, हजुरआमा पार्वता, भतिज दीपेन र भतिजी गोमा कार्कीको ह त्या गरेको बयान दिएको अधिकारी बताउँछन् ।

तेजबहादुरले आफूलाई हेपेर बोली व्यवहार गर्ने गरेकाले उनको ज्यान लिएको लोकबहादुरले बताएको जनाइएको छ । प्रहरी स्रोतका अनुसार ह त्यामा प्रयोग भएको रड भेटिएपछि छिमेकी लोकबहादुर शङ्काको घेरामा थिए । घरभित्र र गत लागेको सर्ट भेटिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लोकबहादुरले आफूले तेजबहादुरलाई मात्र मा र्न चाहेको बयान दिएका छन् ।

तर घरका अन्य सदस्य पनि आएपछि अरूलाई पनि मा र्न बाध्य भएको भनेका छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले शुक्रबार आफन्त लोकबहादुलाई पक्राउ त ग¥यो तर, एक जनाबाट बिहान यस्तो घटना कसरी सम्भव भयो भन्ने प्रश्न उब्जिएको छ । आज प्रहरीले पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी सार्वजनिक गर्दैछ।

को हुन लोकहादुर ?

ह त्या अभियुक्त लोकबहादुरले कक्षा ८ सम्म पढेपछि पढ्न छोडेको थिए। छिमेकी चन्द्रबहादुर थापाका अनुसार घरमा पनि उत्ति काम नगर्ने कार्की मलेसिया र कतार काम गर्न गए पनि वर्षदिन नपुग्दै गाउँमा फर्किएका थिए ।

६ वर्ष अगाडि मलेसिया गए पनि १० महिनामा विदेश जाँदाको ऋणसमेत नतिरी फर्किएको थापाको भनाइ छ । त्यसको डेढ वर्षपछि पुनः वैदेशिक रोजगारीको लागि कतार पुगे । तर त्यहाँबाट पनि ९ महिना नपुग्दै घर फर्किए। राति कहिल्यै घरमा नबस्ने, कहिले राति घरबाटै हराउने, गाउँका बेकामे केटाहरूसँग बिनाकाम डुलिहिँड्ने लोकबहादुरको विशेषता रहेछन् । आमाको गत चैत २६ गते निधन भएपछि बुवा र भाइसहित तीन जना बस्दै आएका थिए ।-न्युज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।