संघिय सॉंसद राईले गरे सरस्वती माबिमा नमूना भवन,फुटसल र ल्यावको उद्घाटन

नारायण कुमार राई/धनकुटा २८ भदौ । नमूना बिद्यालय सन्चालनका लागि धनकुटाको सरस्वती मा.बि.मा एक नमूना बिद्यालय भवन सहित ईन्डोर खेलका लागि फूटसल भवन र आईसिटी ल्यावको उत्घाटन गरिएको छ ।

छथर जोरपाटी गाउँपालिकाको सिंधुवा स्थित उक्त बिद्यालयमा निर्मित ६ कोठे भवन,फुटसल र ल्यावको संघिय सांसद राजेन्द्र कुमार राईले उत्घाटन गर्नुभएको हो ।

नेपाल सरकारको नमूना बिद्यालय बिकास कार्यक्रम अन्तर्गत संघिय सरकारको २ करोड ५४ लाखको नमूना बिद्यालय भवन बन्न लागेको हो ।

आर्थिक बर्ष ०७७÷०७८ बाट शुरु भई उक्त भवन बहुबर्षिय योजना अन्तर्गत ३ बर्ष भित्रमा सम्पन्न हुने बिद्यालयका प्रधानाध्यापक केदार प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

त्यस्तै नेपाल सरकारको २५ लाख लागतमा आईसिटी कम्प्युटर ल्याव(कक्षा) स्थापना गरिएको अधिकारीले जानकारी दिनुभयो ।

छथर जोरपाटी गाउँपालिकाको बिशेष पहलमा पालिकाको २६ लाख र संघिय सरकारको ४० लाख गरी ६६ लाखको लागतमा बन्न लागेको उक्त फुटसल भवन प्रदेशकै पहिलो भएको प्रअ अधिकारीले जानकारी दिनुभयो ।

बिद्यालय भवन तथा आयोजनाहरुबाट बिद्यालयमा अध्ययनरत ८ सय बिद्यार्थीहरु लाभाम्बित हुने बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष युवराज थापाले जानकारी दिनुभयो ।

थापाको अध्यक्षतामा भएकोउत्घाटन तथा शिलान्यास कार्यक्रममा सांसद राई सहित प्रदेश सभासद् ईन्द्रमणी पराजुली,पालिका अध्यक्ष शेरबहादुर लिम्बू लगाएतले बिद्यालयलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

उत्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य शिव आङ्ला (लिम्बू),पालिका उपाध्यक्ष भीमकला श्रेष्ठ,पालिकाका तर्फबाट स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोल,वडा नं.६ का अध्यक्ष दिलबहादुर थापाको उपस्थिति रहेको थियो ।

त्यस्तै शिक्षक अभिभावक संघका अध्यक्ष गोमा कार्की(दाहाल) सामुदायिक वन महासंघका प्रमुख निलबहादुर कार्की,सिंधुवा बजार ब्यबस्थापन समितिका अध्यक्ष सिबकुमार श्रेष्ठ,चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष ईन्द्र सारु मगर,जग्गा दाता घनेन्द्र श्रेष्ठ,यूवा नेता तथा ब्यवसायी बलदिप राई लगाएत पालिका सदस्यहरु,पालिका स्थित बिभिन्न संघसंस्था तथा बित्तिय संस्थाका प्रतिनीधिहरुको उपस्थिति रहेको थियो ।
२०१९ सालबाट सन्चालनमा आएको उक्त बिद्यालय गत बर्षको पालिका स्तिरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको बिजेता पनि हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖