सूर्य वहादुर थापा प्रतिष्ठानद्धारा धनकुटामा स्वास्थ्य सामाग्री वितरण

धनकुटा । सूर्य वहादुर थापा प्रतिष्ठानका अध्यक्ष पूर्व मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापाले आज धनकुटामा स्वास्थ्य संस्थाहरु,सुरक्षा निकायहरु लगायत विभिन्न सामाजिक संस्थाहरुलाई स्वास्थ्य  सामाग्रीहरु प्रदान गर्नु भयो ।

नेपाली कांग्रेसका सहमहान्त्री तथा पूर्व मन्त्री  थापाले सूर्य वहादुर थापा प्रतिष्ठानबाट काठमाण्डौमा विभिन्न स्वास्थ्य सामाग्रीहरु संकलन गरेर ल्याएर धनकुटाका जनतालाई बचाउन स्वास्थ्य संस्थाहरु,सुरक्षा निकाय र सामाजिक संस्थाहरुलाई वितरण गर्नु भएको हो ।

सूर्य वहादुर थापा प्रतिष्ठानको तर्फबाट प्रतिष्ठानका अध्यक्ष तथा पूर्व मन्त्री  थापाले जिल्ला प्रशासन कार्यालय धनकुटा,जिल्ला प्रहरी कार्यालय धनकुटा,धनकुटा अस्पताल,सशस्त्र प्रहरी बल ६ नम्वर छिन्ताङ्ग गुल्म धनकुटा,नेपाली सेनाको सल्लेरी व्यारेक धनकुटा, एम्वुलेन्स चालकहरु,धनकुटा उद्योग बाणिज्य संघ,नेपाल नेत्र ज्योती संघ धनकुटा,नेपाल पत्रकार महासंघ धनकुटा,नेपाल प्रेस युनियन धनकुटा,जेष्ठ नागरिक समाज धनकुटा नगर,सिटि जेसिज धनकुटा, धनकुटा लेडिज जेसिज धनकुटा,नेपाली कांग्रेस धनकुटालाई विभिन्न स्वास्थ्य तथा सुरक्षित सामाग्री प्रदान गर्नु भएको हो ।

मास्क,सेनिटाईजर हेण्ड वास,औषधी,विपि ई किट,भिटामनिहरु,थर्ममिटर,अक्सिजन कन्सेटेटर मेसिनहरु,अक्सिजन सिलिन्डरहरु लगायत विभिन्न समाग्रीहरु गरी करीव ६२ लाख रुपैया वरावरको समाग्रीहरु धनकुटाका स्वास्थ्य सस्थाहरु ,विभिन्न संस्थाहरु र सुरक्षा निकायहरुलाई,एम्बुलेन्स चालकहरुलाई वितरण गर्नु भएको प्रतिष्ठानका महासचिव मदन घिमिरेले वताउनु भयो ।

उक्त समाग्रीहरु सूर्य वहादुर थापा प्रतिष्ठानका अध्यक्ष तथा पूर्व मन्त्री नेपाली कांग्रेसका सहमहामन्त्री  थापाले काठमाण्डौमा आफ्नै सहयोगी साथीहरुबाट तथा विभिन्न सहयोगी संस्थाहरुसंग संकलन गरेर केही दिन अघि धनकुटा ल्याउनु भएको र अहिले वितरण गर्नु भएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठ,धनकुटाका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्त,वरख गण सल्लेर व्यारेकका गणपती कर्णेल दुर्गा थापा,पूर्व डिआई जि दिनेश अमात्य,जिल्ला प्रहरी कार्यालयका एस पी नकुल पोखरेल,सशस्त्र प्रहरी बल ६ नम्वर छिन्ताङ्ग गुल्मका गुल्मपती रामचन्द्र श्रेष्ठ,राष्टिय अनुसन्धान धनकुटाका प्रमुख तुलसी कटेल, नेपाली कांग्रेस धनकुटाका उपसभापती नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,महासमिति सदस्य मिन कार्की लगायत जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरु यूवा नेता अषित थापा,प्रतिष्ठानका महासचिव मदन घिमिरे ,धनकुटा नगरपालिका वडा नं.६ का वडाध्यक्ष नरेश श्रेष्ठ,नगर कार्य समितिका उपसभापती मिलन खड्की,तरुण डिफेन्स फोर्सका धनकुटा नगर अध्यक्ष रत्नेश श्रेष्ठ,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई,पूर्व अध्यक्षहरु राजेश्वर वहादुर श्रेष्ठ,खगेन्द्र घिमिरे,नेपाल नेत्र ज्योती संघ धनकुटाका अध्यक्ष रोशेष श्रेष्ठ,नेपाल तरुण दल धनकुटका कार्यवहाक अध्यक्ष यूवराज पराजुली,नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोग,सिटि जेसिजका महासचिव करुण कटुवाल,नेपाली कांग्रेस धनकुटा नगरपालिका वडा नं. ६ का सभापती रुपेश श्रेष्ठ लगायतका महानुभावहरुको सहभागीता रहेको थियो ।

यस भन्दा अघि मात्र थापाले नेपाली कांग्रेस धनकुटाका अनुरोधमा पहल गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ठूलो मात्रमा विभिन्न स्वास्थ्य समाग्रीहरु ल्याएर धनकुटा अस्पताल र विभिन्न पालिकाहरुको स्वास्थ्य सस्थाहरुको लागी स्वास्थ्य कार्यालय धनकुटालाई हस्तान्तरण गर्नु भएको सचिव राईले वताउनु भयो ।

नेपाली कांग्रेसले संचालन गरेको कोरोना विरुद्धको अभियानका लागी नेपाली कांग्रेस धनकुटाको अनुरोध दुई महिना अघिनै नेपाली कांग्रेसका सहमहामन्त्री पूर्व मन्त्री  थापाले सूर्य वहादुर फाउण्डेशन मार्फत काठमाण्डौमा उहाका सहयोगी साथीहरुबाट विभिन्न स्वास्थ्य समाग्रीहरु संकलन गरी धनकुटाका जनतालाई धनकुटा कॉंग्रेस मार्फत वितरण गर्नका लागी ल्याएर प्यासिफिक होटलमा राखिएको स्वास्थ्य सामाग्रीहरुको विषयलाई लिएर तथ्य र यर्थाथ कुरालाई बंगाएर अतिरञ्जित ढंगले कपोलकल्पित किसिमले प्रचार गरी नेकपा एमाले धनकुटाले भ्रम सिर्जना गर्न खोल्दै हाम्रो पार्टी नेपाली कांग्रेस धनकुटा र पार्टीका सहमहामन्त्रीको बदमान गर्ने कोसिस गरिरहेको प्रति घोर आपत्ति समेत नेपाली कांग्रेस धनकुटाले जनाएको थियो ।

धनकुटाका स्वास्थ्य संस्थाहरु र धनकुटाबासीहरुका लागी सूर्य वहादुर फाउण्डेशन र नेपाली कांग्रेस धनकुटा मार्फत उक्त स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु अन्य महत्वपूर्ण स्वास्थ्य समाग्रीहरु मा पूर्व मन्त्री तथा पार्टीका सहमहामन्त्री  थापाले  फाण्डेशन मार्फत पाप्त भएका उक्त स्वास्थ्य सामाग्रीहरु नेपाल सरकारको कुनै पनि लगानी नभएको र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पनि उपलब्ध नभएको समेत जानकारी गराउनु भयो ।

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।