निशान भगवतीको नयां भवनमा भगवतीको स्थापना

नारायण कुमार राई/धनकुटा,३० भदौ । छथर जोरपाटी गाउँपालिका धनकुटाको काजीमाने तीनघरेमा रहेको निशान भगवती (भाले)लाई स्थान्तरण गरेर नवनिर्मित निशान मन्दिर माङ्हिममा स्थापना गरिएको छ ।

निशान मौलो संरक्षण समिति(ख) तीनघरे काजिमानेले बुधबार एक उत्घाटन समारोह तथा पुजाको आयोजना गरेर पुरानो मन्दिरबाट नयां मन्दिरमा भगवतीको स्थापना गरेको हो ।

संघ,प्रदेश र छथर गाउँपालिकाकोे लागतमा सोही स्थान नजिक निर्मित नयां भवनको संघिय सांसद राजेन्द कुमार राईले रिवन काटेर उत्घाटन गरेपछि देवीको स्थापना गरिएको हो ।

भवन उत्घाटन पछि स्थानियबासी र मन्दिरका पुजारीले राँगा सहित पन्च बली दिएर बिधिवत् रुपमा नयां मन्दिरमा निशान भगवतीको प्रतिस्थापन गरेका थिए ।

संघिय सरकारको १० लाख,उद्योग पर्यटन तथा वाताबरण मन्त्रालय प्रदेश नं.१ को रु ८ लाख र पालिकाको १ लाख ५० हजार गरी कुल १९ लाख ५० हजारको लागतमा उक्त भमन्दिर निर्माण गरिएको हो ।
निशान मौलो संरक्षण समिति(ख)का अध्यक्ष मोहन कुमार लिम्बूको अध्क्षतामा सम्पन्न उत्घाटन समारोहमा संघिय सांसद राई र प्रदेश सभासद ईन्द्रमणी पराजुलीले कार्यक्रममा उपस्थित स्थानियबासीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा वडा नं. ३ का अध्य्रक्ष ज्ञानबहादुर लिम्बूले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै मन्दिरको बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य शिव आङ्ला,पालिका अध्यक्ष शेरबहादुर लिम्बू,उपाध्यक्ष भीमकला श्रेष्ठ,लिम्बू,नेकपा एमाले छथर जोरपाटी गाउँ कमिटीका अध्यक्ष ईन्द्र सारु मगर,वडा नं.४ का अध्यक्ष टेकबहादुर घिसिङ्ग(तामाङ),जग्गादाताहरु मनकुमारी लिम्बू,निरा लिम्बू लगाएत स्थानियबासीहरुको उपस्थिति रहेको थियो ।

भाले र पोथी २ निशानको लिम्बूहरुका खजुम बंशले बि.सं.१९३९ मा मन्दिर स्थापन गरी निशान देवीको पुजापाठ गर्दै आएको ईतिहांस छ । हरेक बर्ष दशैको नवमीमा दुबै निशानहरुको धुमधाम संग पुजागरी स्थानिय पिङ डाँडामा मौलो (राँगा) काटेर दशै मनाउने यस स्थानमा परम्परा रहिआएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।