यसरी स्टोरमै थन्किए दाताले दिएका स्वास्थ्य सामग्री

ओखलढंगा , ३० भदौ । दाताले दिएका स्वास्थ्य सामग्री स्वास्थ्य संस्थामा नपुगी स्टोरमै थन्किएका पाइएको छ । मोलुङ गाउँपालिकाका स्वास्थ्य संस्थाका लागि उपलब्ध भएका सामग्री वितरण नगर्दा स्टोरमै थन्किएका हुन् ।

कोभिड- १९ विरुद्ध विश्वव्यापी ओखलढुंगेली संजालले गाउँपालिकाका सबै स्वास्थ्य संस्थाका लागि दिएका सामग्री रामपुरस्थित कोभिड अस्पतालको स्टोरमा थन्किएका हुन् । गाउँपालिकामार्फत उपलब्ध गराइएका सामग्रीहरू वितरण नभएपछि स्टोरमै रहेको पाइएको स्थानीय बोधनारायण श्रेष्ठले बताए ।

जिल्ला पैरवी संजालको तर्फबाट स्वास्थ्य संस्थाहरूको अवस्था र सेवा प्रवाहबारे अवलोकन गर्न पुगेको पत्रकार तथा नागरिक समाजको टोलीले स्वास्थ्य संस्थामा सामग्री नपुगेको पाएको श्रेष्ठले जानकारी दिए । ‘हामीकहाँ बाहिरबाट उपलब्ध कुनै सामग्रीहरू अहिलेसम्म आएको छैन’, हर्कपुर स्वास्थ्य चौकीका प्रमुख भरत प्रधानले भने ।

जिल्लाबाट विभिन्न देशमा रोजगारीको सिलसिलामा विदेशमा रहेका ओखलढुंगाका नागरिकले ७१ लाख रुपैयाँभन्दा बढीको स्वास्थ्य सामग्री उपलब्ध गराएका थिए । जिल्लाका सबै स्वास्थ्य संस्थाहरूका लागि साधारण बेड, ४० लिटरको उपकरणसहितको अक्सिजन सिलिण्डर, बीपी मोनिटर, थर्मोमिटरलगायत स्वास्थ्य सामग्री उपलब्ध गराइएको थियो ।

जिल्लास्थित समन्वय समितिले स्थानीय तहलाई त्यस्ता सामग्री कोभिड- १९ को जोखिमको समयमा उपयोग गर्न उपलब्ध गराएको थियो । मोलुङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वेदहरि दाहालले कार्यपालिका बैठकले निर्णय गरेर वितरण गर्ने भनेकाले स्टोरमा रहेको बताए । उनले बैठक नबसेकाले वितरण नभएको भन्दै एक साताभित्रै सबै सामग्री वितरण गरिने जानकारी दिए ।

दाताबाट जिल्लाका दुई अस्पताललाई अक्सिजन सिलिण्डरसहित आईसीयू बेड, अन्य कोभिड अस्पतालहरूलाई अक्सिजन बेड तथा अन्य सामग्री उपलब्ध भएका थिए । पालिका तहका अस्पतालमा पुगे पनि गाउँका स्वास्थ्य संस्थामा भने सामग्री नपुगेका हुन् ।-न्यूज कारखाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।