यसरी प्रहरीले धनकुटाको शहिदभूमीमा गाँ’जा नष्ट गर्यो
धनकुटा,३१ भदौ । प्रहरीले धनकुटाको शहिदभूमी गाउँपालिका वडा नम्बर १ को पाख्रे र देउराली भन्ने स्थानमा अंन्दाजी ३ रोपनी जग्गामा लगाएको गाँजाको बेर्ना ३५० र नाबो १०० बोट गॉं जा आज नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
प्रहरी चौकी त्रिवेणीबाट प्रहरी सहायक निरीक्षक अनिल कुमार राईको कमाण्डमा खटिएको गस्ती टोलीले ला गु औ षध गाँ जा नष्ट गरेको कार्यलयले जनाएको हो ।
यो पनि
प्रहरीलाई टिकटक चलाउन बन्देज
ओखलढुङ्गा । जिल्लामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् ।सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा ध्यान दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको सदुपयोग गर्न निर्देशन दिएका छन्। जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रममा उनले प्रहरी कर्मचारी ड्यिूटीमा रहेका बेला सामाजिक सञ्जालमा व्यस्त हुन नहुने, अन्य समयमा पनि प्रहरीले समाजमा सकारात्मक सन्देश दिने र सामाजिक हितका सामग्री पोष्ट गर्नुपर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा तथा मातहतका प्रहरी इकाइमा कार्यरत ४५ जना प्रहरी कर्मचारीलाई प्रहरीले पालना गर्नुपर्ने आचारसंहिता र सामाजिक सञ्जाल प्रयोग सम्बन्धी सचेत गराइएको जिल्ला प्रहरी प्रमुख काफ्लेले बताए ।‘प्रहरीले मनोरञ्जनमा लागेर अलमल गर्न त पाउँदैन ।
ड्यिूटीको समयमा मोबाइल चलाएर टिकटक बनाएर बस्ने कुरा त झन स्वीकार्य हुँदैन’, उनले भने, ‘प्रहरी कर्मचारीले फेसबुक, ट्वीटर, टिकटकलगायत आफ्नो हितको लागि भन्दा पनि सामाजिक हित र सकारात्मक सन्देश दिने खालका पोष्ट गर्नुपर्नेबारे सचेत गराएका छौं ।’


