मेयर नेपालले गरे शिलान्यास,डेढ करोड खर्चेर नागेश्वर मन्दिरमा नयाँ भवन बनाइने

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–६ गुठस्थित नागेश्वर दुग्धनाथ मन्दिरमा ठूलो लगानीमा नयाँ भवन निर्माण गरिने भएको छ । १ करोड ५६ लाख ८६ हजारको लागतमा मन्दिरमा नयाँ भवन निर्माण गर्न लागिएको हो ।

महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले एक कार्यक्रमकाबीच भवनको शिलान्यास गरेका छन् । भवन बनाउँने ठाउँमा निर्माण सामाग्री राखेर मेयर नेपालले शिलान्यास गरेका हुन् । भवन निर्माण सम्पन्न भएपछि मन्दिरमा महन्तहरु बस्न सहज हुँने र धार्मिक पर्यटनको विकासमा पनि टेवा पुग्ने मेयर नेपालले बताए ।

पुरानो र आकर्षक शैलीमा बनाइने सो भवन निर्माणका लागि पुरातत्व बिभाग अन्तर्गत पुननिर्माण प्राधिकरणले ठेक्का लगाएको छ । धर्म एस छाँयाश्वरी दिब्यश्वरी लोकन्थली भक्तपुरले निर्माणको जिम्मा लिएको छ । दुई तला बन्ने सो भवन एक बर्षभित्र निर्माण गरिसक्ने योजना छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।