चुलाचुली र बाँधबिसौनामा खानेपानीको सुबिधा
धनकुटा,२ भदौ । धनकुटाको छथरजोरपाटी स्थित चुलाचुलीमा स्थानीयको श्रमदान र दाताको प्राविधिक सहयोगमा घरघरै खानेपानीको धारा पु¥याइएको छ ।
चुलाचुली र बाँधबिसौनाका एक सय ५ घर उपभोक्तामा खानेपानीको सुबिधा पुगेको हो । अहिले यो गाउँमा दुई किलोमिटर माथिको भूमिगत मुहान ब्यबस्थीत गरि घरघरै पानी वितरण गरिएको छ ।
स्थानीय उपभोक्ताले १० लाख रुपैयाँको लागतमा वडानम्वर दुईको दाहालडाँडाँमा मुहान खरिद गरी पानी पु¥याइएको हो । यो गाउँमा दैनिक ३४ हजार लिटर पानीको माग छ ।
पानीका लागि उपभोक्ताले एक महिनामा ५० रुपैयाँ शुल्क तिर्नु पर्ने नियम बनाइको छ । प¥याप्त पानी उपभोग गर्न पाएपछि स्थानीय खुसी भएका छन् । गाउँमा खानेपानी पु¥याउन यहाँका सयघर उपभोक्ताले तीन महिनासम्म श्रमदान गरेको उपभोक्ता समतिका अध्यक्ष गिरिजाप्रसाद दाहालले बताउनु भयो ।
निबृत्त गोर्खा सैनिकहरुको संस्थाले खानेपानी परियोजनाका लागि आवश्यक उपकरण सामग्री र प्राविधिक सहयोग गरेको हो । आयोजनाका लागि स्थानीय उपभोक्ता र ब्रिटिस गोर्खा वेलफेयर ट्रष्टको एककरोड रुपैयाँ भन्दा बढि रकम खर्च भएको दाहालको भनाई छ ।


