लामो समयदेखि बन्द रहेका विद्यालयहरु विस्तारै सञ्चालनमा आउंदै
आश्विन ४,धनकुटा । कोरोना म’हामारी जो’खिमका कारण लामो समयदेखी बन्द रहेका विद्यालयहरु विस्तारै सञ्चालनमा आउन थालेका छन् ।
नेपाल सरकार तथा सम्बन्धित कार्यलयले स्वास्थ्य मापदण्डको पलना गर्दै भौतिक उपस्थितीमै विद्यालय सञ्चालन गर्न पाउने भनेपछि धनकुटा नगरपालिकाका विद्यालयहरुमा पनि विद्यार्थीहरुको भौतिक उपस्थितीमै पठनपाठन हुन थालेका छन् ।
गएको भाद्र ३१ गते बसेको कार्यपािलकाको बैठकले आवश्यक्ता अनुसार स्वास्थ्य सूरक्षाको मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न सक्ने निर्णय गरेपछि हाल नगर क्षेत्रका विद्यालयहरुमा विद्यर्थीहरुको भौतिक उपस्थितीमै पठनपाठन हुन थालेको धनकुटा नगरपालिका शिक्षा शाखाले जनाएको छ तर यसरी विद्यालय सञ्चालन गर्दा विद्यालयको परिवेश अनुसार भौतिक तथा अन्य अबस्थालाई मध्य नजर गर्दै समूह र समय विभाजन गरी विद्यार्थीलाई पढाउने, सामाजिक दूरी कायम गर्ने, स्वास्थ्य सामाग्रीहरुको व्यबस्था गर्ने जिम्मा विद्यालयलाई नै दिईएको शिक्षा शाखाले जनाएको छ ।
धनकुटा नगरपालिका क्षेत्रमा ३९ सामुदायिक र १६ संस्थागत गरि जम्मा ५५ विद्यालय छन् ।


