छथरजोरपाटीका नव-निर्वाचित सभापतिहरुलाई बधाई ज्ञापन,आगामी चुनावमा कांग्रेसलाई जिताउने दृढता
अशोज ८,धनकुटा । धनकुटाको छथरजोरपाटी गाउपालिकाका ६ वटै वडाका नवनिर्वाचित सभापतिहरुलाई बधाई ज्ञापन गरिएको छ ।
नेपाली कांग्रेस छथरजोरपाटी गाउपालिका कार्य समितिद्वारा आयोजित कार्यक्रममा पार्टीको १४ महाधिवेशन अन्र्तगत भएको वडा अधिवेशनबाट हालै निर्वाचित वडा नं १ का भोगेन्द्र अधिकारी,वडा नं २ का मान वहादुर पुलामी,वडा नं ३ का छत्र वहादुर लिम्बु,वडा नं ४ का डिल्ली वहादुर लिम्बु, वडा नं ५ का ढकल सिंह लिम्बु र वडा नं ६ का सभापति नविन श्रेष्ठलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शूभकामना दिईएको हो ।
पार्टीका पालिका कार्य समितिका सभापति छत्र सुब्बाको अध्यक्षमा भएको कार्यक्रममा कांग्रेस जिल्ला उपसभापत नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,जिल्ला सदस्य इन्द्र वहादुर गुरुङ्ग,नेपाली कांग्रेस धनकुटाका पूर्व जिल्ला सहसचिव राजन पौडेल लगायतले बधाई ज्ञापन गर्दै सफल कार्य कालको शुभ कामना दिएका थिए ।
सोही अवसरमा वडा सभापतिहरुले वडा अधिवेशनबाट पनि सर्वसम्मत नेतृत्व चयन भएको र पालिका अधिवेशनबाट पनि सर्व सम्मत नेतृत्व चयन गर्दै आउदो चुनावमा छथरजोरपार्टीमा कांग्रेसलाई जिताउने दृढता व्यक्त गरेका छन् ।


