नगरबासीको मृ त्यु हुँदा मलामीलाई खाजा खुवाउन नगरपालिकाले पैसा दिने

धनकुटा, ९ असोज । धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरबासीको मृ त्यु हुँदा मलामीलाई खाजा खुवाउँन मृतकका परिवारलाई सहयोग गर्न थालेको छ । नगरपालिकाले चालु आर्थिक बर्षदेखि ‘मलामी खाजा सहयोग कार्यक्रम’ सुरु गरेर मृ तकका परिवारलाई सहयोग उपलब्ध गराउँन थालेको हो ।

मृ तकको परिवारलाई सहयोग पुर्याउँने उद्धेश्यले मलामीलाई खाजा खुवाउँन १० हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गर्न थालिएको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले बताए । ‘परिवारको सदस्य गुमाउँदा मृ तकको परिवार शोकमा हुन्छ, आर्थिक अभावले थप समस्या पनि भइरहेको हुनसक्छ,’ मेयर नेपालले भने, ‘नगरबासीलाई समस्या परेका बेला सहायता पुर्याउँन मलामी खाजा सहयोग कार्यक्रम सञ्चालन गरी मृ तकका परिवारलाई १० हजारका दरले सहयोग प्रदान गर्न थालेका छौं ।’

महालक्ष्मी नगरले यो कार्यक्रम अन्तर्गत पहिलो पटक महालक्ष्मी–६ की इन्द्रमायाँ सार्कीको मृ त्यु हुँदा उनको परिवारलाई मलामी खाजा खर्च बापत १० हजार रुपैयाँ उपलब्ध गराएको छ । महालक्ष्मी नगरपालिकाकी उपमेयर मञ्जु अधिकारीले घरमै पुगेर समवेदना पत्रसहित मृ तक इन्द्रमायाँका श्रीमान धनबहादुरलाई रकम प्रदान गरेकी हुन् ।

बिभिन्न रचनात्मक गतिविधि गर्दै आएको महालक्ष्मी नगरले अब हरेक नगरबासीको मृ त्यु हुँदा मृ तकका परिवारलाई सहयोग स्वरुप रकम प्रदान गरिने जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।