नेपाल आदिवासी जनजाति महासंघ अमेरीका लगायत ४ वटा न्यूयोर्कका संस्थाको आपत्ति

अमेरीका । नेपाल आदिवासी जनजाति महासंघ अमेरीका लगायत ४ वटा न्यूयोर्कका संस्थाहरुले नेपाली समुदायलाई विभाजित गर्ने नेपाली महावाणिज्यदुतावास न्यूयोर्क प्रती हाम्रो घोर आपत्ति जनाएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ अमेरीका – अध्यक्ष- लोक चेम्जोङ ; प्रवासी नेपाली मन्च अमेरीका ,न्यूयोर्क अध्यक्ष- अर्जुन सिंह ;नेपाली समाज अमेरीका- अध्यक्ष- समिर महर्जन तथा प्रवासी नेपाली एकता समाज – अध्यक्ष- रूद्र राउत द्वारा जारी गरिएको एक छापा बिज्ञप्तिमा नेपाल सरकारले सबै नेपालीहरूलाई समान व्यवहार गर्नु पर्दछ , तर नेपाल सरकारको अंग नेपाली महावाणी दुतावास न्यूयोर्क ले नेपाली नेपालीहरू विचमा नै विभाजित व्यवहार गरेको प्रती हाम्रो गम्भिर आपत्ति रहेको उल्लेख गरेको छ ।

विज्ञप्तिको पूर्ण पाठ जस्ताको तस्तै :

प्रेश विज्ञप्ती

नेपाली समुदायलाई विभाजित गर्ने नेपाली महावाणिज्यदुतावास न्यूयोर्क प्रती हाम्रो घोर आपत्ति रहेको छ ।

आदरणीय नेपाली दाजुभाई तथा दिदिवहिनीहरूमा हार्दिक नमस्कार । हामी नेपाली पहिचान, नेपाली कला संस्कृति र नेपाली राष्ट्रीयताले ओतप्रोत भावना संगाल्दै प्रवासमा विभिन्न क्षेत्र , समुदाय र संघ संस्थाहरूमा क्रियाशील रहेता पनि हामी विचमा आपसी एकता , भातृत्व र सामुहिक सहयोग आदान-प्रदान हुदै सिंगो नेपाली समुदाय एकठाउमा रहदै आएको सर्वविधित नै छ ।

नेपाल सरकारले सबै नेपालीहरूलाई समान व्यवहार गर्नु पर्दछ , तर नेपाल सरकारको अंग नेपाली महावाणी दुतावास न्यूयोर्क ले नेपाली नेपालीहरू विचमा नै विभाजित व्यवहार गरेको प्रती हाम्रो गम्भिर आपत्ति रहेको छ । संयुक्त राष्ट्र संघको महासभामा नेपाल सरकारको प्रतिनिधित्व गर्दै आउनुभएका परराष्ट्र मन्त्री मा. डा. नारायण खड्का संगको भेटघाट तथा अन्तर्क्रिया गर्ने भनि भनिएको कार्यक्रममा कुनै एक राजनिति दलको भातृसंगठन र नेपाली महावाणिज्य दुतावास को संयुक्त संयोजनमा भएको कार्यक्रम प्रती हाम्रो गम्भिर असहमति रहेको छ । प्रवासमा क्रियाशील नेपालको राजनिति दलका भातृसंगठनहरू र सामाजिक संघ संस्थाहरूको भुमिका विचमा विभाजन गर्ने उदेश्यले गरिएको कार्यक्रमले मानविय मन्त्रीको सम्मान भन्दा अपमान भएको हाम्रो ठहर छ ।

विगतमा नेपालदेखी सरकारी प्रतिनिधहरू न्यूयोर्कमा आउदा सबै संघ संस्थाहरूले संयुक्त रूपमा स्वागत सत्कार गर्दै आएको परम्परा छ तर यसपाली कार्यवाहक माहावाणिज्य दुत विष्णु प्रसाद गौतमको विभेदकारी र निशेधकारी व्यवहार आपत्ति जनक छ। मन्त्री कुनै पनि दलको नेता हुनसक्छ तर मन्त्री सबैको हो , त्यस्तो विषयमा समेत ध्यान नदिएर नेपाली जनताको सेवाको लागी स्थापना भएको महावाणीज्य दुतावासका पदाधिकारीहरू पार्टीको कार्यकर्ताको शैलिमा उत्रिएको प्रती हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

आगामी दिनमा नेपाली महावाणिज्य दुतावास न्यूयोर्क नसच्चिए त्यसको गम्भिर दुर्घटना हुने समेत चेतावनी दिन चाहान्छौ । सरकारी निकायले मिलेर बसेको नेपाली समाज फुटाउने चेष्टा गरे त्यसविरूद्व समाज एक ढिक्का भएर सम्बन्धीत निकाय तथा व्यक्ति कारवाहीको भागीदार वन्न नपरोस, यसप्रती हामी सचेत गराउदछौ ।

१ . नेपाल आदिवासी जनजाति महासंघ अमेरीका – अध्यक्ष- लोक चेम्जोङ
२ . प्रवासी नेपाली मन्च अमेरीका ,न्यूयोर्क अध्यक्ष- अर्जुन सिंह
३. नेपाली समाज अमेरीका- अध्यक्ष- समिर महर्जन
४. प्रवासी नेपाली एकता समाज – अध्यक्ष- रूद्र राउत

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।