गाउँगाउँमा शिविर सन्चालन गरेर निःशुल्क रेवीज खोप
नारायण कुमार राई/धनकुटा १२,असोज । १५ औं बिश्व रेवीज दिवशको अबसरमा छथर जोरपाटी गाउँपालिका धनकुटाले गाउँ—गाउँमा शिबिर सन्चालन गरेर घरपालुवा कुकुर बिरालोहरुलाई निःशुल्क खोप लगाएको छ ।

पलिकाको पशुपन्छी शाखाको आयोजनामा ११ गते शोमबार ६ वटै वडाका बिभिन्न ११ स्थानमा शिबिर सन्चालन गरेको थियो ।
उक्त शिबिरमा ५३९ वटा घरपालुवा कुकुर तथा बिरालाहरुलाई स्थानियबासीहरुले खोप लगाउन ल्याएको पशुपन्छी शाखाका प्रमुख राजकुमार राईले जानकारी दिनुभयो ।

शाखाले वडा नं.१ को बेते र पन्चमी,वडा नं. २ को लक्ष्मी मा.बि.सल्ले र नव निकेतन प्रा.बि.,वडा नं. ३ को ठुलो आहाल र चुलाचुली,वडा नं.४ को वडा कार्यालय,वडा नं. ५ को वडा कार्यालय र किरात माङहिम,वडा नं. ६ को वडा कार्यालय र नाम्जाङमा शिविर सन्चालन गरेको थियो ।
हरेक बर्षको सेप्टेम्बर २८ तारिखका दिन बिश्व रेवीज बिरुद्धको दिवश मनाउने क्रममा यो बर्ष नेपालमा असोज १२ गते रेवीज दिवश मनाईएको छ ।


