रुख ढाल्ने क्रममा दुई घरमा क्षति,१० लाख बराबरको नोक्सान
आश्विन १२,धनकुटा । पुराना सल्लाका रुख ढलेर बजारमा क्ष ति पुग्ने सम्भावनालाई ध्यान दिदै नेपाली सेनाले धनकुटा नगरपालिका ५ साप्ताहिक बिहिनारे बजार छेउको रुख काटेर पन्छ्यएको छ ।
करिब दुई सय वर्ष भन्दा पूराना ती रुख आफै लडेर मानविय क्ष ति हुन सक्ने सम्भावनालाई ध्यान दिदै केही दिन अघि बरख गण सल्लेरीबाट खटिएको नेपाली सेनाको टोलिले रुख पन्छ्याएको जिल्ला प्रहरी कार्यालय धनकुटा सञ्चार शाखाले जनाएको छ ।
रुख ढाल्ने क्रममा सोही स्थानका लोका रिजाल र सन्त राई को ढुंगा,माटोको गाह्रो र टिनको छाना भएको दुई वटा दुई तले घरमा क्ष ति पुगेको सञ्चार शाखाले उल्लेख गरेको छ ।
सल्लाका रुख ढाल्ने क्रममा ती दुई घर कि च्दा क्ष ति पुगेको हो । घर भत्किदा झण्डै ९-१० लाख बराबरको क्ष ति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी सञ्चार शाखाका अनुसार घरका मानिस तथा अन्य भाडावर्तन भने रुख ढाल्नु अगाडी नै अन्यत्र सारिसकिएको थियो ।(फाइल तस्बीर)


