चाडबाड नजिकिंदै गर्दा धनकुटामा न’क्कली नोट छ्यापछ्याप्ती

धनकुटा । चाडबाड नजिकिँदै गर्दा धनकुटामा नक्कली नोट छ्यापछ्याप्ती पाउन थालेको छ । गएराती प्रहरीले नक्कली नोटसहित एक युवालाई पक्राउ गरेसँगै धनकुटामा नक्कली नोटको छ्यापछ्याप्ती पाउन थालेको पाइएको हो ।

प्रहरीले सोमबार राती ९ बजेतिर धनकुटा नगरपालिका वडा नं. ९ मुलघाटमा चेकजाँचको क्रममा धनकुटा हिलेका एक युवकलाई १ हजारका दरका २८ हजार नक्कली नोटसहित पक्राउ गरेको छ ।

प्रहरीले बरामत गरेको सबै नोट हजारका छन् भने सबै नोट एकै नम्बरका छन् । प्रहरीले भने पक्राउ परेका ती युवकको पहिचान खुलाएको छैन । प्रहरी चेकजाँचको क्रममा ती युवकले नक्कली नोट अर्काे गोजीमा हाल्न खोज्दा प्रहरीले सबै नोट चेकजाँच गरेको र सोही क्रममा नक्कली नोट फेला पारेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले बरामद गरेको सबै नक्कली नोट हेर्दा सक्कली जस्तै देखिन्छ । ती नोट सर्वसाधारणले हेर्दा छुट्याउन नसकिने छ । प्रहरीले बरामद गरेको नक्कली नोट हल्का पातलो र खस्रो देखिन्छ ।-निशान न्यूजको सहयोगमा

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।