वर्तमान सरकारले धनकुटाको विकासका लागि छुट्याईएको अरबौं बजेट कटौटी गर्यो :सॉंसद राजेन्द्र राई

धनकुटा । धनकुटा नगरपालिका २ स्थितको मधुगंगा धार्मिक स्थल निर्माण तथा पर्यटकीय स्थलको रुपमा विकासका लागि आज मन्दिरको शिलान्यास गरिएको छ ।

प्रतिनीधिसभा सदस्य राजेन्द्र कुमार राईले मन्दिरको शिलान्यास गर्नुभएको हो । मन्दिर शिलान्यासको अवसरमा बोल्दै धनकुटा जिल्लाका विकासका लागि छुटिएको अरबौ रकम वर्तमान सरकारले कटौती गरेको भन्दै सरकार प्रति खेद प्रकट गर्नुभयो ।

यो विषयमा सदनमा दह्रो ढंगले कुरा उठाउने वताउनुभयो । चुनावी घोषणा पत्रमा समेटिएका नारा अनुसार नै जनप्रतिनीधिहरुले काम गरिरहेको पनि उहाँले वताउनुभयो । अहिले धनकुटा एमालेमय बन्दै गएको वताउनुभयो । उहाँले कांग्रेस सहमहामन्त्री सुनिल थापाले वेलाहारामा एयरपोर्ट वनाउने भनेर जनतामा भ्रम छरेको उल्लेख गर्नुभयो ।

 

यसअघि त्यहाँका वडाध्यक्ष र जनताले सँग वसेर कुरा गर्दा जनताले नै आफुहरुलाई एयपोर्टको आवश्यक्ता नभएको भनेपछि काम रोकिएको वताउनुभयो । कार्यक्रममा प्रदेश १ सभासदस्य तथा न्याय प्रशासन एवम् विधायन समितिका सभापति ईन्द्रमणी पराजुलीले सत्तामा रहदा र वाहिर रहदा पनि जनताको काम गर्ने पार्टी एमाले नै रहेको वताउनुभयो ।

उहाँले देश समृद्धी तर्फ अघि बढिरहेको भन्दै सबै जनतालाई सेवा सुविधा र रोजगारीको ग्यारेटिन्टी ओली सरकारले नै गरेको वताउदै अहिलेको सरकारबाट जनताको पक्षमा केही काम नहुने भएकोले एमालेमै आवद्ध हुन सम्पूर्णलाई आग्रह गर्नुभयो । त्यस्तै धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले नगरका जनताले महसुष गर्नेगरि न्यायोचित ढंगले विकास तथा सेवा सुविधा उपलव्ध गराईरहेको दावी गर्नुभयो ।

उहाँले धनकुटा नगरपालिका क्षेत्रमा भएका विकास निर्माणको गतिविधिको वारेमा जानकारी गराउदै रत्न षडेश्वर मधुगंगा सडक ५० करोड लागतमा चाडै पिच हुने वताउनुभयो । धनकुटा नगरपालिकाले मधुगंगा मन्दिर निर्माणका लागि पनि यसअघि नै १५ लाखको डिपिआर गरेको उल्लेख गर्नुभयो । त्यस्तै वडा नं २ का वडाध्यक्ष चन्द्रलाल तामाङले स्वागत मन्तव्य राख्दै तीनै तहको सरकारको सहयोगमा ७ करोड लागतमा मधुगंगा मन्दिर निर्माण गर्न लागिएका स्पष्ट पार्नुभयो ।

उहाँले मन्दिरमा शिव मन्दिर, ९ वटा ढुंगेधारा,व्यापारिक भवन,सडक,शौचालय,सिंढी निर्माण गर्ने वताउनुभयो । कार्यक्रममा धनकुटा नगरपालिकाका उपप्रमुख शकुन्तला वस्नेत,प्रशासकीय प्रमुख रामबहादुर थापा,योजना शाखा प्रमुख सिताराम गौतम सहित जनप्रतिनीधि,शिक्षक,राजनीतक दलका प्रतिनीधि लगायतको उपस्थिती थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।