चाडपर्व लक्षित सुरक्षा सम्बन्धि पर्चा टाँस
धनकुटा । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नजिकिदै आईरहेको चाँडपर्वमा हुन सक्ने अ पराधिक घटनाहरु न्युनिकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यलय धनकुटा र मातहतका युनिटहरुबाट धनकुटा नगरपालिका , पाख्रीबास नगरपालिका , महालक्ष्मी नगरपालिका , चौबिसे गाउँपालिका सागुरीगढी गाउँपालिका , शहिदभुमि गाउँपालिका र छथरजोरपाटी गाउँपालिकाका विभिन्न स्थानका १ हजार ७ सय ७२ वटा घरमा चाँडवाड लक्षित सुरक्षा सम्बन्धी पर्चा पम्प्लेट घरदैलोहरुमा टाँस गरिएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
यो पनि
‘कांग्रेस विपत्तिमा सधैँ जनताका साथमा हुन्छ’
सिन्धुपाल्चोक, १३ असोज (रासस) : नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले कांग्रेस सधैँ विपत्तिमा जनताको साथमा रहने बताउनुभएको छ । मङ्गलबार नेपाली कांग्रेसद्वारा मेलम्चीका १५० घर परिवारलाई राहत वितरण गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य विष्णुविक्रम थापालगायतले मेलम्चीका १५० घरपरिवारलाई राहत वितरण गर्नुभएको हो । बाढीले गर्दा पीडित बनेका मेलम्चीवासीलाई दशैँका लागि मासु, तेल, दाल, मसलालगायतका अतिआवश्यक सामग्री वितरण गरिएको हो । गत असारमा गएको बाढीले मेलम्चीवासीलाई ठूलो असर गरेको थियो । नजिकिँदै गरेको महान् चाड दशैँमा के खाने र के लगाउने भन्दै चिन्तामा रहेका बाढी प्रभावितका साथमा कांग्रेस रहेको बस्नेतले बताउनुभयो । साथै रु एक करोड २० लाखमा हेलम्बुमा ३० घर बनाउनेसमेत घोषणा गरेको कांग्रेका युवानेता युधिर पौडेलले बताउनुभयो ।
इन्द्रावती गाउँपालिकाद्वारा बाढी प्रभावित पाँचपोखरीलाई सहयोग
इन्द्रावती गाउँपालिकाले बाढी प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकालाई सहयोग गरेको छ । असार १ गतेको याङ्री, लार्के तथा इन्द्रावती नदीमा आएको बाढी तथा पहिराले गाउँपालिकाको विभिन्न बस्ती, सडक, खानेपानी, सिँचाइ, झोलुङ्ले पुललगायत मानवीय क्षतिसम्म पुगेको थियो । पालिकालाई इन्द्रावतीले रु तीन लाख सहयोग गरेको हो ।
छिमेकी पालिकामा विपद् पर्दा थोरै भए पनि सहयोग गर्न पाएकामा इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले खुसी व्यक्त गर्नुभयो । सहयोगप्रति पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले आभार व्यक्त गर्नुभयो ।
–––


