मध्यपूर्वका प्रतिनिधिसंग एनआरएनए उम्मेदवारले अन्तरक्रिया गर्ने

कतार । गैरआवासीय नेपाली संघको आगामी निर्वाचनमा अध्यक्षका प्रत्यासी डा बद्री केसीले मध्यपूर्व क्षेत्रका महाधिवेशन प्रतिनिधिहरुसंग अन्तरक्रिया (Meet and Greet Delegates) गर्ने भएका छन् ।

गैरआवासीय नेपाली संघको महिला उपाध्यक्षकी प्रत्यासी यसमिन बेगम सैयदका अनुसार केसीले आफ्नो अजेण्डसंग सहमत केही उम्मेदवार सहित आगामी शुक्रवार (१ अक्टोवर) का दिन ती प्रतिनिधिहरुसंग छलफल गर्न लागेका हुन् ।

नेपाली साँझ ६ बजे देखि शुरु हुने कार्यक्रममा प्रतिनिधिहरु, राष्ट्रिय समितिका अध्यक्षहरुसंग अन्तरक्रिया तथा सुझाव संकलन गर्ने तयारी गरिएको छ ।

कार्यक्रमलाई उपाध्यक्षका उम्मेदवारहरु डा हेम राज शर्मा, महेश श्रेष्ठ, डिबी क्षेत्री, धर्मराज अधिकारी, यासमिन बेगम सैयद, महासचिव पदका उम्मेदवार गौरीराज जोशी, कोषाध्यक्ष पदका उम्मेदवार लोक प्रसाद दाहाल, सचिव पदकी उम्मेदवार टिक गुरुङ लगायतले सम्वोधन गर्ने कार्यक्रमतय गरिएको छ । मध्यपूर्वमा संघका ६ वटा राष्ट्रिय समिति सकृय छन् । यसअघि डा. केसीले मंगलवार एशिया क्षेत्रीय प्रतिनिधिहरुसंग छलफल गरेका थिए ।

करिब ३ सय ५० जना सहभागि कार्यक्रममा बिभिन्न देशका राष्ट्रिय समितिका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा
संघको नेतृत्वको लागि बिभिन्न पदमा रहेका उम्मेदवारहरुले आआफ्नो अजेण्डा प्रस्तुत गरेका थिए ।

यसैबीच अध्यक्षका प्रत्यासी डा. बद्री केसीको सचिवालयले दिएको जानकारी अनुसार केसीले आगामी हप्ता देखि बिभिन्न देशमा रहेका प्रतिनिधिसंग प्रत्यक्ष अन्तरक्रिया गर्ने भएका छन् ।

गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन अक्टोवर २३ देखी २५ सम्म काठमाण्डौंमा हुदैछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।