कांग्रेस धनकुटाद्धारा सागुरीगढी र चौविसेमा स्वास्थ्य सामाग्री प्रदान, विभिन्न पार्टी परित्याग गरेकाहरुलाई काग्रेसले गर्यो स्वागत
धनकुटा । नेपाली कांग्रेस धनकुटाले चौविसे र सागुरीगढीमा स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ ।
सूर्य वहादुर थापा प्रतिष्ठानको संयोजनमा प्राप्त स्वास्थ्य सामाग्री धनकुटाको सागुरगढी गाउँपालिकाको वडा नं १,२ र ६ मा नजिकिदै गरेको चाड पर्वको शूभकामना आदानप्रदान गर्दै वितरण गरेको हो ।

कांग्रेस सागुरीगढी वडा नं १ का उपसभापती नगेन्द्र लिम्बु ,पूर्व क्षेत्रिय उपसभापती भविता राई,वडा नंं २ का सभापती योगेन्द्र ईवालाई पूर्व मन्त्री सुनिल वहादुर थापा,प्रदेश सभा सदस्य लिला सुब्बा,जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई जिल्ला सदस्य सुमना तिम्सिना,क्षेत्रिय सभापती जितेन्द्र राई ,कोषाध्यक्ष निरुपा राई, वडा नं ६ का वडाध्यक्ष दिपक मगर ,नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोङ्गले स्वास्थ्य सामाग्री प्रदान गरेका थिए ।
सो अवसरमा बुढीमोरङ स्वास्थ्य चौकीका प्रमुख अनिल प्रधानलाई पूर्व मन्त्री तथा कांग्रेस सहमहामन्त्री थापा र हिमालयन बैंकका प्रदेश १ का प्रमुख अमित मल्लले स्वास्थ्य सामाग्री प्रदान गर्दै स्वास्थ्य समाग्रीका लागि मालयन बैंकको तर्फबाट १ लाख ५० हजार रुपैयाको चेक हस्तान्तरण गरेका छन् ।

त्यस्तै सागुरीगढीको भेडेटारमा पार्टीका ६ नं वडा सभापती सन्तोष राई,वडा नं ७ का सभापती देवेन्द्र राई,वडा नं ८ का सभापती पूर्ण राई,वडा नं ९ का सभापती भूपाल राई र वडा नं १० का सभापती झगेन्द्र राई सहित विभिन्न वडामा रहेका स्वास्थ्य चौकहरुका लागि पनि कांग्रेस सहमहामन्त्री थापाको टोलीले स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
त्यस्तै सागुरीगढीको डाडाबजारमा वडाका जनताको लागि पार्टीका ५ नं वडा सभापती ओम प्रकाश लिम्बु,वडा नं ३ का सभापती कृष्ण लिम्बु र वडा नं ४ का सभापती पृती लिम्बु सहित वडा समिति र स्वास्थ्य चौकीहरुका लागि स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।
नेपाली कांग्रेस सागुरीगढी वडा नं ५ का सभापती ओम प्रकाश लिम्बुको अध्यक्षमा सम्पन्न शूभ कामना आदन प्रदान कार्यक्रममा पार्टीका सहमहामन्त्री थापा,आमन्त्रित केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ, जिल्ला सभापती अग्नी प्रसाद पौडेल,उपसभापती नविन किशोर शाक्य लगायतले शूभकामना मन्तव्य राख्दै अव कांग्रेस सशक्त भएर जनता सामु जाने वताएका थिए । कार्यक्रमको सञ्चालन सचिव महेन्द्र घिमिरेले गर्नु भएको थियो ।
सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश ११ जनालाई सहमहामन्त्री थापा र केन्द्रिय आमन्त्रित केन्द्रि सदस्य मनोहर नारायण श्रेष्ठले स्वागत गरेका थिए । कार्यक्रममा प्राथिमक स्वास्थ्य केन्द्र डाडाबजारका प्रमुख निरोज खतिवडालाई पूर्वमन्त्री थापा र हिमालयन बैंकका प्रदेश १ का प्रमुख मल्लले सूर्य शहादुर थापा प्रतिष्ठानको संयोजनमा प्राप्त स्वाीथ्य सामाग्री सहित हिमालयन बैकको तर्फका १ लाख ५० हजार रुपैयाको चेक स्वास्थ्य समाग्रीहरु खरिदका लागि प्रदान गरेका थिए । वडाध्यक्ष पलक वहादुर वस्नेतको अध्यक्षतमा कार्यक्रम सम्पन्न भएको थियो ।

उता चौविसे गाउपालिको राजारानीमा नेपाली कांग्रेस चौविसे गाउपालिका वडा नं १ का सभापती आनन्द श्रेष्ठ,वडा नं। २ का सभापती हेमकर्ण मगर,वडा नं ३ का सभापती गहेन्द्र फागो,सचिव कुमार याक्खा,वडा नं ४ का सभापती ऋषिराम भण्डारी,चौविसे गाउपालिकाका उपसभापती कमल बराल, वडा नं ५ का सभापती बाल कुमार दाहाल,वडा नं ६ का सभापती रत्न कुमार राई, वडा नं ७ का सभापती केदार निरौला, पूर्व सचिव अर्जुन वराल,वडा नं ८ का सभापती हृदय लिम्बु लाई पनि नेपाली कांग्रसले स्वास्थ्य समाग्रीरु वितरण गरेको छ । पार्टीका चौविसे गाउपालिकाका सभापती बिजु राईको अध्यक्षमा सम्पन्नकार्यक्रमको वीच स्वास्थ्य सामाग्री वितरण गरिएको थियो ।


