जलाधार क्षेत्रका लागि रणनीतिक छलफल
धनकुटा, १४ असोज । धनकुटा, निवुवा, तांखुवा जलाधार क्षेत्र व्यवस्थापन योजनाको कार्यान्वयन रणनीति विषयक साझेदारी संस्था सँगको अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

धनकुटाको होटल मुर्चुङ्गामा सम्पन्न अन्र्तक्रिया कार्यक्रममा जलाधार क्षेत्र सँग सम्वन्धित स्थानिय तहले जलाधार व्यवस्थापनका लागि स्थानिय तहले सकेसम्म सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । अन्र्तक्रिया कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग र छथर जोरपाटी गाँउ पालिकाका अध्यक्ष शेरवहादुर लिम्वुले आयोजनाको सफल कार्यान्वयनका लागि प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
अन्र्तक्रिया कार्यक्रममा इसिमोडका क्षेत्रीय निर्देशक डा.अरुणभक्त श्रेष्ठले आयोजनाको वारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा आयोजना प्रभावित क्षेत्रमा विभिन्न सरकारी र गैर सरकारी निकायका प्रतिनिधीले विनियोजन गरेका कार्यक्रमहरुको प्रस्तुती गर्नुभएको थियो ।
कार्यक्रमको समापन कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामवहादुर थापा, छथर जोरपाटी गाँउ पालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगर लगायतकाले वोल्नुभएको थियो ।


