धनकुटामा तीन स्थानमा २ हजार विरुवा रोपिन्दै

धनकुटा । युएनडिपी र धनकुटा नगरपालिकाको सहयोग तथा देउराली यूवा क्लवको आयोजनामा धनकुटा नगरपालिका भित्रका तीन पर्यटकीय तथा धार्मिक स्थानहरुमा विभिन्न प्रजातिका विरुवा रोपिने भएको छ ।

धनकुटा सदरमुकाम नजिकै रहेको चुलिवन डाँडामा वृक्षारोपण गर्दै धनकुटा शहर स्वच्छ र हरित सहर अभियान (Clean and Green Dhankuta City Campaign) अभियानको सुरुवात गरिएको थियो । धनकुटा नगरपालिका वडा नं. ७ का वडाध्यक्ष जंगवहादुर राईले अमलाको विरुवा वृक्षारोपण गरेर अभियानको उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा गैह्रसरकारी संस्था महासंघ धनकुटाका अध्यक्ष मीनप्रसाद सुवेदी, धनकुटा नगरपालिका वातावरण शाखा प्रमुख उपेन्द्र खनाल, वन कार्यालय धनकुटाका प्रतिनिधि दिनेश अमात्य, कागते रेञ्जर पोष्टका प्रतिनिधि विना राई, देउराली यूवा क्लवका स्वयम्सेवकहरुले विरुवा रोपेका थिए । कार्यक्रम देउराली यूवा क्लवका कार्यवाहक अध्यक्ष उदिप राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
क्लवमा आवद्ध सय भन्दा वढि सदस्य तथा स्वयमसेवकहरु परिचालन गरेर आगामी दुई महिना भित्र ती स्थानहरुमा विरुवा रोप्ने योजना रहेको उनले बताए ।

२०३५ साल देखि नै सामाजिक क्षेत्रमा क्रियाशील उक्त क्लव औपचारिक रुपमा २०६५ सालमा दर्ता भएको हो । क्लवको नेतृत्वमा हरेक वर्ष असार र साउनमा चुलिवन डाँडा क्षेत्रमा विभिन्न प्रजातिका विरुवा रोप्दै आइरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।