धनकुटामा दशैं तिहार नजिकिए संगै चाडवाड लक्षित बजार अनुगमन सुरु

धनकुटा, १५ असोज । दशै तिहार नजिकिए संगै जिल्ला प्रशासन कार्यालय धनकुटा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, धनकुटा नगरपालिका, उद्योग बाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च, राष्ट्रिय उपभोक्ता मञ्च तथा पत्रकार सम्मिलित अनुगमन समुहबाट धनकुटा बजारका खाद्य पसलहरु, मिठाइ पसलको अनुगमन थालेको छ ।

खाद्य पसललाई लेवल विवरण उत्पादन मिति, उपभोग्य मिति, ब्याच नं, तौल, मुल्यभएका प्रशोधित खाद्य पदार्थ मात्र विक्री वितरण गर्न, म्याद नाघेका खाद्य पदार्थ बिक्रि स्थलबाट बेग्लै बनाएर राख्न, घरेलु कार्यालयमा अनिवार्य दर्ता गर्न र खाद्य स्वच्छता कायम गर्न निर्देशन दिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका खाद्य निरीक्षक सुशिल कोइरालाले बताउनु भयो ।

त्यस्तै मिठाइ पसललाई कृतिम अखाद्य रंग मिठाइमा प्रयोग नगर्न, भान्छामा सरसफाइ कायम राख्न, म्याद नाघेका खाद्य पेय पदार्थ विक्री वितरण नगर्न निर्देशन दिइएको थियो।म्याद नाघेका खाद्य पदार्थ विस्कुट, दालमोठ उपयुक्त तरिकाले नष्ट गरिएको थियो।

उपभोक्ताले नियमित बजार अनुगमनबाट स्वस्थकर खाद्यपदार्थ पाउने, बजारको खाद्य पदार्थको स्वच्छताको स्थिति थाहापाउने हुनाले सम्पुर्ण सरोकारपक्षले बजार अनुगमन गर्नुपर्ने उपभोक्ताको माग रहेको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।