धनकुटाका यी स्थानमा भोली विद्युत सेवा अवरुद्ध हुने
धनकुटा,१५ असोज । भोलि शनिबार जिल्लाका केही स्थानमा विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण धनकुटा शाखाले जनाएको छ ।
धनकुटा वितरण केन्द्र अन्तर्गत धनकुटा सब स्टेशनबाट संचालित ११ केभी हिले फिडर र ११ केभी त्रिबेणी फिडरमा रुख,हॉंगा,बॉंस,झाडी आदि लागी पटक पटक ट्रिप हुने समस्या भएकोले काट्न केही स्थानमा सटडाउन लिइने प्राधिकरणद्वारा जारी सूचनामा जनाइएको छ ।
जस अनुसार हिले फिडर अन्तर्गतका नासालचोक,कचिडे,खाल्डे,देब्रेबास,कागते,स्याउले,पात्ले,निगाले,सुकेपोखरी,पारीपात्ले,हिले लगायतका क्षेत्रहरुमा बिहान ७ बजेदेखि ११ बजेसम्म बिद्युत अवरुद्द हुनेछ ।
साथै त्रिबेणी फिडर अन्तर्गतका त्रिबेणी,हुलाकटोल,श्रीवानी ,डॉंडागाउं,सान्तॉंग,पेलेकपॉंग,टेकुनाला,मुलघाट,तेम्बॉंग,बुढीमोरंग लगायतका क्षेत्रमा दिउंसो १२ बजेदेखि ४ बजेसम्म बिद्युत अवरुद्द हुने सूचनामा उल्लेख छ ।



