‘मेरो एक कप चिया मेरो पार्टीलाई’-नेपाली कांग्रेस पाख्रीवास नगर समितिको नयाँ अभियान

धनकुटा । नेपाली कांग्रेस पाख्रीवास नगर कमिटी धनकुटाले मेरो एक कप चिया मेरो पार्टी लाई भन्ने अभियानका साथ एक दिनमा एक कप चियाको रकम पार्टीको लागि संकलन गर्ने अभियान शूरु गरेको छ । कांग्रेसको संगठन विस्तार तथा सुदृढीकरण कार्यक्रम सञ्चालनका लागि पार्टीलाई आर्थिक हिसावले सुदृढ बनाउन प्रत्येक दिन एक कप चिया बरावरको रकम रु १५ रुपैया पार्टीको नाममा जम्मा गर्ने निर्णय गर्दै यो आर्थिक अभियान शूरु गरिएको हो ।

अभियान अन्र्तगत नेपाली कांग्रेस पाख्रीवासका कांग्रेसजनले दिनमा तीन चार कप चिया पिउने गरेकोमा अव प्रत्येक दिन एक चिया कम खाएर त्यस बापतको रुकम पार्टीका लागि जम्मा गर्ने निर्णय भएको नगर कमिटीले जनाएको छ । एक कार्यक्रमको आयोजना गरी गरिएको यो निर्णयको कार्यन्वयनले पाख्रीवास नगरपालिका क्षेत्रमा बार्षिक करिब ५ लाख रुपैया भन्दा बढी रकम पार्टीको नाममा संकलन हुने नेपाली कांग्रेस पाख्रीवास नगर सभापती प्रेम भण्डारीले वताउनु भयो ।

कार्यक्रमकै अवसरमा नेपाली कांग्रेस सहमहामन्त्री तथा पूर्व मन्त्री सुनिल वहादुर थापाले पाख्रीवासका जनताका लागि स्वास्थ्य समाग्री वितरण गर्नुभएको छ । नेपाली कांग्रेस पाख्रीवास नगर समितिद्धारा आयोजित कार्यक्रमकोवीच उहाँले नगरवासी सम्पूर्णलाई दशै तिहार शूभकामना दिदै पार्टीका वडा सभापतिहरु मार्फत स्वास्थ्य चौकी र जनतालाई वितरण गर्नेगरी कोभिड लक्षित स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफु र आफ्नो पार्टीले निरन्तर रुपमा जनतको पक्षका काम गरिरहेको वताउनु भयो ।

सूर्य वहादुर थापा प्रतिष्ठानको व्यवस्थापन र नेपाली कांग्रेस धनकुटाको संयोजनमा प्राप्त ती स्वास्थ्य सामाग्री पाख्रीवास नगरपालिकाका कांग्रेस वडा सभापतिहरु कुल वहाुदर थापा,धन वहादुर मगर,चन्द्र लिम्बु,श्याम प्रकाश राई,पासाङ्ग तामाङ्ग, लोचनलाल गिरि, पूर्ण वहादुर राई,गजेन्द्र राई,शिव देव घिसिङ्ग, समर वादुर निरौला लाई वडा कार्य समितिलाई र वडामा रहेको स्वास्थ्य चौकीहरुका लागि स्वास्थ्य समाग्री उपलब्ध गराईएको हो । कार्यक्रममा पार्टीका अमामन्त्रि केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ,जिल्ला सभापती अग्नी प्रसाद पौडेल, ,जिल्ला सचिव विजय सन्तोषी राई, महासमिति सदस्यहरु आनन्द सन्तोषी राई,घनेन्द्रराज श्रेष्ठ,मिन वहादुर कार्की,असित थापा,जिल्ला सदस्यहरु ज्ञान वहादुर गुरुङ्ग , जिल्ला सदस्यहरु विष्णु पौडेल,जयन्द्र घिसिङ्ग,गोरख वहादुर पिठाकोठे,राजेन्द्र पौडेल,सुमना तिम्सिना, पूर्व जिल्ला सहसचिव राजन पौडेल,क्षेत्रिय सचिव हरी वहादुर राई,नगर उपसभापती चन्द्र वस्नेत,नेपाल तरुण दल धनकुटका कार्यवहाक सभापती युवराज पराजुली,क्षेत्रिय अध्यक्ष तिलक महत ,नगर अध्यक्ष रवी राई लगायतले शूभकामना आदान प्रदान गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य पार्टीका पाख्रीवास नगर कार्य समितिका सचिव सन्तोष मानन्धरले रनख्नु भएको थियो सञ्चालन अर्का सचिव विर वहादुर थापाले गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।