धनकुटामा यात्रु सहायता कक्ष स्थापना

धनकुटा, १७ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाले नजिकिदै गरेको नेपालीहरुको महान चाड बिजय दशमी,शुभ दिपावली र छठ पर्बलाई लक्षित गरेर धनकुटामा यात्रु सहायता कक्ष स्थापना गरको छ ।

प्रभावकारी ट्राफिक व्यबस्थापन मिलाई यात्रुहरुलाई सहज रुपमा गन्तब्य सम्म पुग्ने बाताबरण बनाउनको उदेश्यका साथ सहायता कक्ष स्थापना गरेको जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

धनकुटाको बस पार्कमा जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रहरी नायब उपरिक्षक, जनप्रतिनिधी, पत्रकार यातायत व्यावसायी लगायतको उपस्थितीमा यात्रु सहायता कक्ष स्थापना गरेको कार्यलयले जनाएको छ ।

अन्तिम चरणमा पुग्यो नयाँ बानेश्वरमा आकासे पुल

काठमाडौँ, १७ असोज (रासस) ः सडक वारपार गर्ने यात्रुको चाप बढी भएको चोकमा पर्ने नयाँ बानेश्वरमा आकासे पुल निर्माण सम्पन्न हुने चरणमा पुगेको छ ।

थोरै काम मात्रै बाँकी भएकाले केही दिनमा नै पुल प्रयोगमा ल्याउन सकिने डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । पुलको मुख्य काम भइसकेकाले माथिल्लो भागमा बारको काम मात्रै बाँकी रहेको डिभिजन प्रमुख कुबेर नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “थोरै काम मात्रै बाँकी भएकाले दुईचार दिनमा नै सकिनेछ ।”

उपत्यकामा अहिले भइरहेका आकासे पुलभन्दा आकर्षक बत्तीका कारण यो पुल सुन्दर देखिनेछ । दसैँपहिले नै सो पुल सञ्चालनमा आउने डिभिजन प्रमुख नेपालीले बताउनुभयो । संरचनालाई लैङ्गिक समता र सामाजिक न्याय (जिइएसआई) मानिएको छ । बत्तीको उज्यालोका कारण बालबालिका र ज्येष्ठ नागरिकलाई रातको समयमा समेत हिँड्न सजिलो हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अँध्यारो हुँदा महिला हिंसाको जोखिम भए पनि पुलमा उज्यालो हुँदा त्यो कम हुनेछ ।”

यो पुलको लम्बाइ ३८ मिटर रहेको छ । विसं २०७६ वैशाखमा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । कोभिडका कारण गत वर्षहरुमा काम हुन नसक्दा तोकिएको अवधिभन्दा ढिला भएको हो । सुरुमा डिजाइनमा नै ढिला भएको र काम सुरु भएपछि कोभिडले गर्दा सरासर काम गर्न नसकिएको उहाँले बताउनुभयो । त्यसका लागि चाहिने सामग्रीको कारखाना सञ्चालन हुन सकेको थिएन । विशेष सीप भएका थोरै जनशक्ति आवश्यक हुने भए पनि तिनैलाई सङ्क्रमण भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यी सबै समस्याका बाबजुद अहिले सम्पन्न हुन लागेको छ ।”

झन्डै एक दशकभन्दा लामो समयदेखि नयाँ बानेश्वरमा पुल निर्माण गर्नुपर्ने भन्दै आवाज उठिरहे पनि बन्न सकेको थिएन । हाल संसद् भवन (वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) नजिकै भएकाले निर्माण अघि बढ्न सकेको थिएन । विभागले जडीबुटीसँगै सो चोकमा समेत ‘फ्लाई ओभर’ आवश्यकता भएको बताउँदै आएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।