किरात धर्म लेखौं अभियान

धनकुटा । किरात धर्म लेखौं अभियान जिल्ला कमिटी धनकुटाको अयोजनामा जनगणना २०७८ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

किरात धर्म लेखौं अभियान जिल्ला कमिटी धनकुटाको अध्यक्ष पूर्ण खजुमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

जनगणना २०७८ विषयक अन्तरक्रियामा कार्यक्रमका प्रमुख अतिथि किरात धर्म लेखौं अभियानका केन्द्रिय सदस्य गंगाहाङ तिगेलाले कार्यक्रममा बोल्नु हुँदै किन किरात धर्म लेख्न किन आवाश्यक छ भन्नेबारे जानकारी गराउदै किरात धर्मको महत्व तथा विशेषता र किरात धर्म सँग सम्बन्धि ईतिहासको विषयमा प्रकास पार्नु भएको थियो ।

त्यस्तै किरात याख्थुम चुम्लुङका केन्द्रिय सदस्य हेम कुमार आङलाले पनि आफ्नो भाषा लिपि धर्म पहिचान गुम्न नदिनका निम्ति अनिवार्य सबैलाई धर्मको महलमा किरात,जातिको महलमा लिम्बू , मातृभाषाको महलमा लिम्बू भाषाको महलमा पुर्खाको भाषाको महलमा लिम्बु,दोश्रो भाषाको महलमा नजिकको समुदाय वा छिमेकीले बोल्ने भाषा गणक लाई लेख्न लगाउन उहाँले आह्वान गर्नु भयो ।

कार्यक्रममा नेपाल आदिबासि जनजाती माहासंघका जिल्ला अध्यक्ष सञ्जय सन्तोषी राई , किरात आठपहरिया समाज नेपालका केन्द्रिय महासचिव सुर्य आठपहरिया र आठपहरिया समाजका जिल्ला अध्यक्ष अष्टनारायण आठपहरिया लगायतले कार्यक्रममा छलफल गर्नु हुदै सबै आदिवासीजनजाती समुदायलाई सचेत भई जनगणना २०७८ मा आफ्नोतथ्याङ टिपाउदा पहिचान नगुम्ने गरी टिपाउन तथा लेखाउन आग्रह गर्नु भयो ।

कार्यक्रममा किरात याख्थुङ चुम्लुङका धनकुटा नगर अध्यक्ष खड्ग बहादुर पाक्सावाले स्वागत मन्तव्य राख्नु भएको थियो भने अभियानका सचिव निर्मला खवाहाङले सञ्चालन गर्नुभएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।