शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

अशोज १८,धनकुटा । नेपालीहरुको विभिन्न चाडपर्व नजिकिंदै गर्दा नेपाल महिला संघ धनकुटाको आयोजनामा धनकुटामा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

दशै,तिहार,छठ,नेपाल सम्वत,मंसिरे चाड लगायत पर्वको अवसरमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नेपाली कांग्रेस सहमहामन्त्री एवम् पूर्वमन्त्री सुनिल वहादुर थापाले धनकुटा नगरपालिकाका १० वटै वडाका वडा पार्टी सभापती, महिला संघ, भात्तृ तथा शुवेच्छुक संस्थालाई स्वास्थ्य समाग्रीहरु वितरण गर्नु भएको छ ।

संघ धनकुटाका अध्यक्ष तथा प्रदेश सभा सांसद लिला सुब्बाको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका आमन्त्रीत केन्द्रिय सदस्य मनोहर नारायण श्रेष्ठ,जिल्ला सभापती अग्नी प्रसादा पौडेल,उपसभापती नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,महासमिति सदस्य आनन्द सन्तोषी राई,मिन कार्की ,धनकुटा नगर कार्य समितिका सभापती नरेश श्रेष्ठ लगायतले शूभकामना व्यक्त गर्दै महिलाहरुको सहभागीताले मात्र पार्टी सशक्त हुने वताएका छन् ।

कार्यक्रमको सञ्चालन महिला संघ जिल्ला उपाध्यक्ष अम्विका धमलाले गर्नु भएको थियो । स्वागत मन्तव्य संघका धनकुटा नगर सभापती निरुपा राईले राख्नु भएको थियो ।

कार्यक्रममा नगर क्षेत्रका १० वटै वडाका नव निर्वाचित पार्टी सभापती सहित धनकुटा लेडिज जेसिजका अध्यक्ष विसिका श्रेष्ठलाई पनि सूर्य बहादुर थापा प्रतिष्ठानको सहयोग तथा नेपाली कांग्रेस धनकुटाको संयोजनमा स्वाथ्य समाग्री वितरण गरिएको पार्टीका जिल्ला सचिव विजय सन्तोषी राईले जानकारी दिनु भयो ।

कार्यक्रममा पार्टीका सहभागिहरुले एक आपसमा चाड पर्वको शूभकामना आदन प्रदान गर्दै आफुहरु परिवर्तनको पक्षमा उभिने प्रतिवद्धता जनाएका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।