विद्यालयमा अक्षयकोष स्थापना
धनकुटा,१८ असोज । उत्कृष्ट बिध्यार्थी सम्मान पुरस्कार स्थापनार्थ प्राध्यापक डाक्टर तीर्थप्रसाद मिश्रले धनकुटाको गोकुन्डेश्वर बालमन्दिर माध्यमिक बिध्यालयमा ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नु भएको छ ।

सोमबार बिद्यालयमा आयोजित कार्यक्रममा डा. तीर्थप्रसाद र पुस्पा मिश्र उत्कृष्ट बिध्यार्थी सम्मान पुरस्कारको चन्दा ग्रहण तथा समंझौतामा हस्ताक्षर भएको हो ।
कोषबाट आउने ब्याजको ५० प्रतिशत रकम कक्षा १२ पास गर्ने उत्कृष्ट बिध्यार्थिलाइ प्रदान गरिने छ । बाकी ५० प्रतिसत रकम मुल धनमा जम्मा गरिने बताइएको छ ।
यस्तै बिध्यालयका पुर्व शिक्षक स्वर्गीय शिवप्रसाद गुरागाइको स्मृतिमा गोकुन्डेश्वर बिधालयका शिक्षक देवेन्द्र गुरागाइले बिध्यालयका लागि जग्गा प्रदान गर्ने घोषणा गर्नु भएको छ ।
उहाले जग्गा उपलब्ध गराउने प्रतिवद्द्ता गर्नु भएको हो ।धनपा २ मा रहेको ५ रोपनी ७ आना ३ पैसा उपलब्ध गराउने घोषणा गर्नु भएको हो कार्यक्रममा अक्षयकोष दाता प्राध्यापक डाक्टर तीर्थप्रसाद मिश्र र देवेन्द्र गुरागाइले आफ्नो भनाइ राख्नु भएको थियो ।
बिध्यालय ब्यबस्थापन समितीका अध्यक्ष राजेन्द्र खड्काले दता हरुलाइ धन्यवाद व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा धनकुटा बहुमुखी क्याम्पसका पूर्व प्रमुख निरन्जन वस्ती, सहप्राध्यापक जनार्दन घिमिरे, स्थानिय शान्तिसमितिका पुर्व अध्यक्ष टीकाप्रसाद घिमिरे, त्रीवेणी माध्यमिक बिद्यालयका प्रध्यानाध्यापक दीपक पोख्रेल, गोकुन्ढेश्वोर बालमन्दिर माविका पुर्व प्रधानाध्यापक सीता श्रेष्ठ लगायतको उपस्थिति थियो ।
विध्यालयका प्रधानाध्यापक दामोदरप्रसाद मिश्रले दाताहरुलाइ धन्यवाद प्रदान गर्नु भएको थियो ।


