प्रहरीले यसरी गर्यो गॉं जा नष्ट

धनकुटा । इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले धनकुटाको शहिदभुमि गाउँपालिका २ ढोलमुखामा आफै उम्रिएको र नाबो बट गरि अन्दाजि २ हजार ५ सय बोट गॉं जा नष्ट गरेक जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रहरी निरिक्षक काजी बहादुर बस्नेतको कमाण्डमा खटिएको गस्ती टोलीले गाँ जा नष्ट गरेक प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्…

सडक हिलाम्य, यात्रा गर्न सास्ती

गलेश्वर, १९ असोज (रासस) : म्याग्दी सदरमुकाम बेनीबजारदेखि ग्रामीण भेगसम्म खनिएका सडक हिलाम्य हुँदा सर्वसाधारणलाई यात्रा गर्न सास्ती भएको छ । बाढी र पहिराका कारण सडक ठाउँ ठाउँमा भत्किए पनि तिनको मर्मत हुन नसक्दा यात्रा असहज बनेको छ ।

बेनीबजारदेखि ग्रामीण क्षेत्रमा सञ्चालन हुने सात सडकको अवस्था नाजुक छ । सबै सडक जीर्ण अवस्थामा छन् । वर्षाको समयमा आएको बाढी पहिरो र मर्मत सम्हारको अभावमा सडकमै खोलो बग्ने गरेको छ भने कतिपय सडकमा पोखरी बनेको छ । बेनी–अर्थुङ्गे–पुलाचौर, बेनी–पाखापानी, बेनी–बगरफाँट–भकिम्ली, बेनी–हाँडेभीर–बरंजा, बेनी–भकुण्डेलगायत सडक अहिलेसम्म पनि मर्मत गरिएका छैनन् । यात्रुले ज्यानकै जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

प्राविधिक अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कन नगरिकन जथाभावी डोजर लगाएर खनिएका सडकको अवस्था अत्यन्त दयनीय छ । “यहाँका कतिपय सडकमा थोरै पानी पर्दा पनि मोटरसाइकल समेत चलाउन नमिल्ने हुन्छ”, स्थानीयवासी राजकुमार सुवेदीले भन्नुभयो । बेनी–भकुण्डे सडकको अवस्था झन दयनीय छ । बेनी–भकुण्डे सडकमा सवारीसाधन चल्न थालेको १३ वर्ष भयो । तर उक्त सडकको स्तरोन्नति अहिलेसम्म हुन सकेको छैन ।

विसं २०६५ मा उक्त सडक सञ्चालनमा आएको हो । साढे सात किलोमिटर लामो सो सडक मर्मतका लागि हालसम्म रु एक करोड खर्च भइसकेको छ । सडकको दिन प्रतिदिन बिग्रिदै गएको स्थानीय शोभित सापकोटाले बताउनुभयो । बेनी–भकुण्डे सडकखण्डमा हालसम्म जीप र मोटरसाइकलबाहेक अन्य ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । “पानी नपर्दा मात्रै सवारीसाधन चलाउन सहज हुन्छ”, उहाँले भन्नुभयो ।

बेनी–बगरफाँट–बरङ्जा सडकको पनि यस्तै अवस्था छ । उक्त सडकको मर्मत गर्न थालेको तीन वर्ष भयो । सडकको अवस्था हालसम्म उस्तै छ । निर्माण व्यवसायी नारायण जिसीले ठेक्का लिएको यो सडकको मर्मत कार्य तीन वर्षमा तीन प्रतिशत पनि हुन सकेको छैन । सत्र किलोमिटर दूरीको उक्त सडक सदरमुकाम बेनी बजारदेखि दुई किलोमिटर दुरीमा रहेको बगरफाँटसम्म पनि मर्मत हुन नसक्दा सडकमै पोखरी बनेको छ ।

सडक स्तरोन्नति र मर्मतको जिम्मा लिएका जिसी कन्ट्रक्सनका जिसीले वर्खामा बाढी पहिरो र त्यस अघि कोरोनाको असरका कारण निर्धारित समयमा नै सडकको काम हुन नसकेको बताउनुभयो । त्यसैगरी बेनी–अर्थुङ्गे–पुलाचौर सडकको अवस्था पनि नाजुक छ । थोरै पानी पर्दा पनि सडकमा हिँड्न गाह्रो हुने स्थानीयवासी शिव बानियाँले बताउनुभयो । बेनी–पाखापानी सडकको अवस्था पनि यस्तै रहेको छ । सडक मर्मतको नाममा स्थानीय सरकार र प्रदेश सरकारबाट करोडौँ रुपैयाँ खर्च भइसकेको छ । सडकको अवस्थामा सुधार हुन नसक्दा यात्रुले सास्ती खेप्नु परेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।