फुसको छाना रहित गाउँपालिका निर्माण गर्ने अभियान शुरु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकालाई फुसको छाना रहित गाउँपालिका निर्माण गर्ने अभियान अन्तरगत रङ्गिन जस्तापाता गाउँपालिकाले वितरण गर्न शुरु गरेको छ ।

नेपाल सरकारको सूरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत स्थानीय सरकारले सो अभियान शुरु गरेको हो । सोही अभियान अन्तरगत चौबिसे गाउँपालिकाले वडा नं. ५ को बोधेमा ७० घरपरिवारलाई रङ्गिन जस्तापाता वितरण गरेको छ । सो वडाका फुसको छाना भएका ७० घरपरिवारलाई गाउँपालिकाका अध्यक्ष खजिन्द्र राई, वडाध्यक्ष पदम कुमार देवान लगायतका जनप्रतिनिधिहरुको उपस्थितिमा जस्तापाता वितरण गरिएको चौबिसे गाउँपालिका धनकुटाले जनाएको छ ।

चौबिसे गाउँपालिका अन्तरगत ८ वटा वडाहरु रहेका छन् । वडा नं. ५ बोधेबाट जस्तापाता वितरण गर्न शुरु गरिएको छ । उक्त अभियान गाउँपालिकाको सबै वडाहरुमा सञ्चालन गरिने चौबिसे गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताउनुभयाे ।

अहिले वितरण गर्न शुरु गरिएको मध्ये वडा नं. २ मा ३० घर, वडा नं. ३ र ४ मा ५०-५० घर, वडा नं. ५ मा अघिल्लो वर्षको सहित ७५ घर, वडा नं. ७ मा ४० घर र वडा नं. ८ मा ३० घर रहेका छन् । प्रत्येक घरलाई ५० हजार मुल्य बराबरको जस्तापाता वितरण गरिएको छ । संघीय सरकारको अनुदानबाट उक्त जस्तापाता ६ वटा वडाहरुमा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष राईले बताउनुभयाे ।

अन्य बाँकी रहेका वडा नं. १ र ६ भने गाउँपालिकाको लगानीबाट वितरण गरिनेछ । उक्त वडाहरुमा कति संख्यामा वितरण गर्ने भन्ने विषयमा फुसको घर संख्याको विवरण संकलन गर्ने कार्य भईरहेको पनि अध्यक्ष राईले बताउनुभयाे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।