गृहमन्त्री खाँणद्वारा बाढीपहिरा प्रभावित मनाङको अनुगमन
मनाङ, २१ असोज । गृहमन्त्री बालकृष्ण खाँणले जिल्लास्थित बा,ढी प,हिराले क्ष,ति पु¥याएको क्षेत्रको आज अनुगनमन तथा निरीक्षण गर्नुभयो ।
उहाँलाई प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गत असारमा अकल्पनीय रुपमा गएको बा,ढीले जिल्लामा क्ष,ति पु¥याएको संरचना तथा पुन निर्माणका बारेमा जानकारी गरानुभएको थियो ।
सोही अवसरमा गृहमन्त्री खाँणले जिल्लास्थित सुरक्षा निकाय तथा कार्यालय प्रमुखसँग भेटघाट गरी सेवा प्रवाहलई थप चुस्त बनाउन निर्देशन दिनुभएको थियो । बा,ढीले सबैभन्दा बढी ताल गाउँमा क्षति पु¥याएको थियो ।
सो अवसरमा पूर्व श्रम राज्य मन्त्री टेकबहादुर गुरुङले बा,ढी प,हिरो प्रभावित जनताको जीविकोपार्जन तथा ती क्षेत्रको पुननिर्माण गर्न सरकारसँग आग्रह गर्नुभयो ।


