बुधबार प्रतितोला रु ८९ हजार ९०० मा कारोबार भएको सुनको मूल्यमा वृद्धि

काठमाडौँ, २१ असोज। दसैँको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ५०० सयले बढेको छ । छापावाल सुन बुधबार प्रतितोला रु ८९ हजार ९०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ४०० तोकिएको छ ।

त्यस्तै तेजाबी सुनको बजार मूल्य आज प्रतितोला रु ८९ हजार ९५० पुगेको छ । बुधबार प्रतितोला रु ८९ हजार ४५० मा तेजाबी सुनको कारोबार भएको थियो ।

महासङ्घका अनुसार लगातार चार कारोबार दिन स्थिर रहेको चाँदीको मूल्य आज प्रतितोला रु १० ले बढेर एक हजार १७० कायम भएको छ । चाँदी बुधबार प्रतितोला रु एक हजार १६० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।