बागमती प्रदेशमा यातायातको भाडादरमा वृद्धि

बागमती, २१ असोज । बागमती प्रदेश सरकारले सार्वजनिक यातायातको भाडादरमा वृद्धि गरेको जनाएको छ ।

प्रदेश सरकारले काठमाडौँ उपत्यकाबाहेक प्रदेशभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनमा २३ प्रतिशतले भाडादर वृद्धि गरेको छ ।

प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले लागू गरेको भाडादरअनुसार काठमाडौँ उपत्यकामा चल्ने यातायातका साधनमा पाँच किमी दूरीसम्मको भाडा रु १८ कायम गरिएको छ ।

दश किमीसम्मको रु २३, १५ किमीसम्मको रु २७, २० किमीसम्मको रु ३० र २० किमीभन्दा माथिको रु ३५ कायम गरिएको बताइएको छ ।

त्यस्तै भाडामा यात्रुले १५ केजीसम्म निःशुल्क र त्यसमाथि १० केजीसम्म रु पाँचका दरले सरसामान वा गुन्टा साथमा लैजाने पाउने कायम गरेको जनाइएको छ ।

मन्त्रालयका सचिव अशोक शाहद्वारा जारी विज्ञप्तिमा उक्त भाडादर यही कात्तिक १ गतेदेखि लागू हुने बताइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।