महामारी व्यवस्थापनमा कनकासुन्दरी गाउँपालिका उत्कृष्ट

खलङ्गा, २२ असोज । जुम्लाका आठ स्थानीय तहमध्ये कोभिड–१९ महामारी व्यवस्थापनमा कनकासुन्दरी गाउँपालिका उत्कृष्ट भएको छ ।

स्थानीय तहका स्वास्थ्य शाखाको वार्षिक समीक्षा कार्यक्रममा सो गाउँपालिकालाई उत्कृष्ट घोषणा गरी सम्मानपत्र प्रदान गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “समीक्षामा वर्षभरि गरिएका स्वास्थ्य क्षेत्रको कामको प्रगति, समस्या र चुनौतीका विषयमा छलफल गरिएको छ ।

सङ्क्रमण व्यवस्थापनमा कनकासुन्दरी गाउँपालिकाले सङ्क्रमण परीक्षणदेखि खोप सञ्चालन, क्वारेन्टिन व्यवस्थापनलगायत विषयवस्तुमा चुस्तदुरुस्त काम गरेको छ ।”

यसैगरी हिमा गाउँपालिका प्रतिवेदन र व्यवस्थापनमा उत्कृष्ट पालिका भएको स्वास्थ्य संयोजक रतनबहादुर रावतले जानकारी दिनुभयो । जिल्लाभर महामारीमा सबै स्थानीय तहले उत्कृष्ट सेवा प्रदान गरेको जनाइएको छ ।

तिल र तातोपानी गाउँपालिकालाई पनि सम्मान गरिएको छ । महामारीमा स्थानीय तहले महत्वपूर्ण स्वास्थ्य सेवा प्रवाह गरेकोे गुठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले बताउनुभयो ।

समीक्षाको सहजीकरण तथा सहयोग स्वास्थ्यको सक्षम प्रणाली र एमडीआइ नेपालले गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।