परिर्वतनको पक्षमा उभिन आव्हान
धनकुटा,२४ अशोज । धनकुटाको पर्यटकीय केन्द्र सागुरीगढीको भेडेटारमा नेपाली कांग्रेस सागुरीगढी पालिका कार्य समितिले दशै,तिहार,नेपाल सम्वत,छड मंसिरे चाड पर्व लगायत सवै पर्वको अवसरमा आज शुभ कामना आदन प्रदान गर्दै सागुरीगढीका जनतालाई परिर्वतनको पक्षमा उभिन समेत आव्हन गरेको छ ।
शुभ कामना आदन प्रदान कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका सभापती अग्नी प्रसाद पौडेल, संविधान सभाका सदस्य अञ्जना ताम्ली,नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,प्रजातन्त्रवादी पध्याक समुहका केन्द्रिय उपाध्यक्ष जिवन राई,नेपाल शिक्षक संघका प्रदेश उपाध्यक्ष गंगाराम ढुंगाना,जिल्ला सदस्य महोन वान्तवा, लेखनाथ पौडेल,सुमना तिम्सिना,क्षेत्रिय सभापती जितेन्द्र राई, सागुरीगढी गाउपालिका पूर्व सभापती यम प्रकाश मगर वडा नं. ९ का वडा सभापती भूपाल राई लगायतले शुभ कामना व्यक्तगर्दै सागुरगढी गाउपालिकाको विकास र समृद्धीका लागी परिवर्तनको पक्षमा उभिन सवैलाई आव्हन गर्नु भयो ।
नेपाली कांग्रेस सागुरीगढी गाउपालिकाका सभापती नेपाल धन राईको अध्यक्षतमा सम्पन्न भएको शुभ कामना आदन प्रदान कार्यक्रममा पूर्व महासमिति सदस्य इश्वर श्रेष्ठ,जिल्ला सदस्य राजेन्द्रपौडेल,नेपाल शिक्षक संघका पूर्व अध्यक्ष विश्वनाथ दाहाल,छथरजोरपाटी गाउपालिकाका सभापती छत्र सुब्बा,सहिदभूमी गाउपालिकाका पूर्व सभापती तिर्थ राई,नेपाल महिला संघका उपाध्यक्ष अम्विका धमला,नेपाल तरुण दल धनकुटाका कार्यवहानक अध्यक्ष युवराज पराजुली,वरिष्ठ उपाध्यक्ष धिरज तामाग,नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पसका अध्यक्ष करुणा कटुवाल,नेपाल प्रेस युनियन धनकुटा अध्यक्ष हिमा चेम्जोग,नेपाल आदिवासी जनजाती संघका उपाध्यक्ष मिना राई लगायतले शुभ कामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको संचालन सचिव खगेन्द्र लिम्बुले गर्नु भएको थियो भने स्वागत मन्तव्य अर्का सचिव आईत लिम्बुले गर्नु भएको थियो ।
सागरीगढी गाउपालिका वडा नं. १ का सभापती भूपेन राई,वडा नं. २ का सभापती योगेन्द्र ईवा वा नं. ३ का सभापती कृष्ण लिम्बु,वडा नं. ४ का सभापती पृती लिम्बु, वडा नं. ५ का सभापती ओम प्रकाश लिम्बु,वडा नं. ६ का सभापती सन्तोष राई,वडा नं. ७ का सभापती देवेन्द्र राई,वडा नं. ८ का सभापती पूर्ण राई,वडा नं. ९ का सभापती भूपाल राई,वडा नं. १० का सभापती झगेन्द्र राई ,सहसचिव हेम कुमार मगर लगायत उपस्थित सवैले देशै तिहार लगायत सवै चाड पर्वको एक आपसमा शुभ कामना आदन प्रदान गर्नु भएको थियो ।


