दसैँ र तिहारको मुखमा टेलिफोन सेवाले काम नगर्दा सेवाग्राही सञ्चार सेवा उपभोग गर्नबाट बञ्चित

सिमकोट, २४ असोज ।हिमाली जिल्ला हुम्लाको सिमकोट गाउँपालिका–३ मा रहेको नमस्ते टेलिफोन सेवाले एक महिनादेखि काम गर्न छाडेको छ ।

नेपालीहरुको महान् पर्व दसैँ र तिहारको मुखमा टेलिफोन सेवाले काम नगर्दा सेवाग्राही सञ्चार सेवा उपभोग गर्नबाट बञ्चित हनाका साथै दसैँको शुभकामना आदानप्रदान गर्नसमेत नपाएको गुनासो गर्न थालेका छन् ।

एक महिनादेखि टेलिफोनको टावरले काम नगर्दा सिमकोट गाउँपालिका–१ देखि ३ र खार्पुनाथ गाउँपालिका–५ को ताक्ला, बाम्टा र कुम्लिक गाउँका सेवाग्राहीमा सञ्चार आदान–प्रदानमा प्रतक्ष असर परेको छ ।

गत भदौ महिनाको २२ गतेदेखि हेल्दुङ साना जलविद्युत् आयोजनाबाट वितरीत विद्युत् सेवा अवरुद्ध भएकाले वडा नं ३ बरगाउँमा रहेको नमस्तेको टावरले काम गर्न छाडेको स्थानीयवासी हेमन्त बोहराले बताउनुभयो ।

लगतार एक महिनादेखि टेलिफोनले काम गर्न छाडेकाले दुईवटा गाउँपालिकाका हजारौँ सेवाग्राही सञ्चारको मारमा पर्दै आएको उहाँको गुनासो थियो । दसैँको मुखमा एकअर्कालाई शुभकामना आदानप्रदान गर्नसमेत नसकिएको बोहराले बताउनुभयो ।

बरगाउँमा रहेको टावरमा विद्युत् जोडिएका कारण विद्युत् आएमा टावर आउने नत्र काम नगर्ने स्थानीयवासीको भनाइ थियो। उनीहरूले सो टावरमा विद्युत् जडानको भर गर्नुभन्दा सौर्य उर्जा जोडेर टावर सञ्चालनमा ल्याउन सरोकार निकायलाई अनुरोधसमेत गरेका छन् ।

उक्त नेटवर्कको क्षमता बढाउन र निरन्तर सञ्चालनका लागि टेलिकम कार्यालय लागिपरको टेलिकम स्रोतले जनाएको छ । हाल जिल्लामा सेवाग्राही सञ्चार क्षेत्रबाट बञ्चित नहुन् भन्दै जेनेरेटर चलाएर पनि केही सेवा उपलब्ध गराउँदै आइएको टेलिकमले जानाएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖