दशैं नजिकिए संगै धनकुटा सदरमुकाममा समेत चहल पहल बढ्यो

धनकुटा,२४ असोज । नेपालीहरुको महान पर्व बिजया दशमी बडा दशैं नजिकिदै गर्दा धनकुटा सदरमुकाममा समेत चहलपहल बढ्दै गएको छ ।

केही दिन यता धनकुटा सदरमुकाममा किनमेल गर्नेहरुको भिडभाड नै लाग्न थालको छ । कोरोना महामारीले थलिएका व्यापार व्यावसाय दशैंले गर्दा चलयमान हुदै  गएको छ ।

विभिन्न पसलहरुमा थोक तथा खुद्रा सामानहरु खरिद गर्ने र नयाँ नयाँ लुगाकपडा किन्ने हेतुले बजारमा स्थानीयहरु बढी आउन थालेका छन ।बर्षमा एक पटक आउने यी महान चाडपर्वले धेरै महत्त्व बोकेका छन ।

नेपालको महान चाड मानिने दशैंलाई लक्षित गर्दै आफ्नो जन्म घर वा बसोबासित घर छाडी कामको सिलसिला या अध्ययन अध्यापनको सिलसिलामा बाहिर गएकाहरु आफ्नो घर फर्कने क्रममा परिवारलाई आवश्यक सामानहरु किनमेल गर्ने भएका कारण पनि बजारमा चहलपहल बढेको स्थानिय सन्तोष राईले बताए ।

दशैंको समयमा सामाजिक सुरक्षा भत्ता लिने र नयाँ नोट साट्नेका कारण धनकुटा सदरमुकामका अधिकांश बैंकहरुमा समेत चहल पहल बढी देखिएको छ । तर कोरोना भा इरसको जोखिम कामयमै रहेको भए पनि माक्सका प्रयोग र भौतिकदुरी कायम भने खासै गरिएको पाइदैन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।