कोरोना भाइरसबाट प्रभावित परिवारलाई खाद्यान्न तथा सरसफाइ सामग्री वितरण

कर्णाली, २४ असोज । वीरेन्द्रनगर नगरपालिकामा कोरोना भाइरसबाट प्रभावित परिवारलाई खाद्यान्न तथा सरसफाइ सामग्री वितरण गरिएको छ ।

दलित महिला सङ्घ जिल्ला शाखा सुर्खेतको सहयोगमा आज कोभिडबाट अति प्रभावित, विपन्न, अशक्त, एकल, ज्येष्ठ नागरिक, लक्षित दलित महिला समूहलाई ती सामग्री वितरण गरिएको हो ।

नगरका अतिप्रभावित १०० परिवारलाई चामल, दाल, नुन, तेल र मास्क वितरण गरिएको छ । दलित महिला सङ्घका सचिव खगीसरा वलीले यसअघि भेरीगङ्गा नगरपालिकामा पनि अतिप्रभावित एवं अतिविपन्न परिवार गरी १०० परिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरिएको जानकारी दिनुभयो ।

अतिविपन्न दलित समुदाय र कोरोनाबाट रोजगारी गुमेका परिवारलाई दसैँमा अतिआवश्यक खाद्य सामग्रीको कमी नहोस् भन्ने उद्देश्यले सहयोग प्रदान गरेको उहाँको भनाइ छ ।

राहत वितरण गर्दै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले विपन्न, गरिब दलित महिला, ज्येष्ठ नागरिक, एकल महिला तथा कोभिडबाट प्रभावित परेका व्यक्तिलाई सहयोगको खाँचो रहेको र दलित महिला सङ्घ सहयोगी बनेकामा प्रसंशा व्यक्त गर्नुभयो ।

उहाँले प्राप्त सामग्रीको सही सदुपयोग गर्न र कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सावधानी अपनाउन स्थानीयवासीलाई आग्रह गर्नुभयो । उपप्रमुख ढकालका साथै सङ्घका अध्यक्ष मञ्जु सुनार र वडा नं ४ का वडाध्यक्ष नीलकण्ठ खनालले खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गर्नुभएको थियो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।