दमकमा फनपार्क सञ्चालन

दमक, २५ असोज । दसँैंको अवसर पारेर दमकमा फनपार्क सञ्चालनमा आएको छ । ‘दमक फनपार्क एण्डएग्रो टुरिजम प्राली’ले करिब रु १३ करोडको लागतमा आजदेखि फनपार्क सञ्चालनमा ल्याएको हो ।

करिव ६ बिघा क्षेत्रफलमा सवारी पार्किङको व्यवस्थासहित सुरुआत भएको पार्कमा प्रमुख आकर्षकका रुपमा गोल्डेन टापु, फनपार्क र बोटिङ छ ।

त्यस्तै बालबालिकालाई सुरक्षित किसिमको मनोरञ्जनस्थल छुट्टै निर्माण गरिएको छ । पार्कभित्रै स्तरीय रेष्टुराँ पनि सञ्चालनमा ल्याइएको प्रालिका अध्यक्ष योगराज दङगालले जानकारीदिनुभयो ।

होटल तथा पर्यटन व्यवसायका अनुभवी युवा संलग्न भएर सञ्चालनमा ल्याइएको दमक फनपार्कलाई पूर्व क्षेत्रकै पर्यटकीय गन्तव्यका रुपमा स्थापित गराउने प्रयत्न गरिएको उहाँले बताउनुभयो ।

सो फनपार्कमा दमकका सफल युवा व्यवसायी दीपेन्द्र ढुङ्गेल, दीपक पौडेल, पुष्प, किशोर र कुमार खनाललगायत ११ जनाको संयुक्त लगानी रहेको जनाइएको छ ।

जिल्लका मुख्य सहरी क्षेत्रमा पछिल्ला समय व्यावसायिक रुपमा फनपार्कलगायतका मनोञ्जनस्थलका संरचना निर्माण हुने क्रम बढ्दै गएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।