हटेन राष्ट्रियसभा बैठकको अवरोध,अवरुद्ध कायमै

काठमाडौँ, २५ असोज । राष्ट्रियसभाको बैठक सदा झै आज पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले अवरुद्ध कायमै राखेको छ । राष्ट्रियसभाको आजको बैठक प्रारम्भ हुने वित्तिकै एमालेका सांसदले उभिएर विरोध जनाएपछि सभा अध्यक्ष तिमिल्सिनाले नेकपा (एमाले) का मुख्य सचेतक खिमलाल भट्टराइलाई आफ्नो भनाइ राख्न समय दिनुभयो ।

मुख्य सचेतक भट्टराईले वर्तमान सरकारका गठबन्धनमा सहभागी दलले अघिल्लो सरकारविरुद्ध गैर राजनीतिक र कुर्ची मोहका कारण मुद्दा दायर गरेको जनाउँदै त्यसको औचित्य अहिले आएर पुष्टि भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,“विगतको सरकारविरुद्ध गठबन्धनले अदालतमा मुद्दा हाल्दा जनमानसमा संविधानको रक्षाकै लागि हो कि भन्ने भान भए तापनि अहिले आएर प्रष्ट भएको छ ।”

उहाँले एमालेलाई कमजोर बनाउने तथा विभाजनकै निम्ति दल विभाजनसम्बन्धी अध्यादेश ल्याइएको आरोप लगाउँदै त्यसो नगरेसम्म गठबन्धनको राजनीतिक उचाइ नबढ्ने निष्कर्षसहित यस्तो काम गरिएको दाबी गर्नुभयो ।

उहाँले वर्तमान सरकारले आयस्रोत नखोज्ने गरी कालो धनलाई सेतो बनाउने दिशातर्फ लागेको समेत आरोप लगाउनुभयो । मुख्य सचेतक भट्टराइले केही समय अगाडि दार्चुलाका जयसिंह धामीको मृत्युका विषयमा सरकार मौन रहनुको कारणबारे प्रश्न उठाउनुभएको थियो।

उहाँले गृहमन्त्री बालकृष्ण खाँडको गृह जिल्ला रुपन्देहीमा आइतबार सुकुम्बासीमाथि प्रहरीले गोली चलाउँदा चार जनाको मृ,त्यु भएको घटनाको भत्र्सना गर्नुभयो । भट्टराइले उक्त घटनाको निष्पक्ष छानबिन, घा,इतेको निःशुल्क उपचारको व्यवस्था र मृ,तक परिवारलाई क्ष,तिपूर्तिको माग गर्नुभयो ।

उहाँले केपी शर्मा ओली नेर्तत्वको सरकारले बनाएको भूमिसम्बन्धी आयोगले भूमिहीनलाई लालपूर्जा वितरण गर्न लागेको समयमा आयोग खारेज गरी सुकुम्बासी बस्तीमा बर्बर दमन गरेर गम्भीर गल्ती गरेको आरोप लगाउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।