लेकाली समुदायमा न दसैँ आउँछ, न त तिहार नै

फुङ्लिङ, ३० असोज ।विजयादशमी दसैँको मुख्य दिन हो । मान्यजनको हातबाट टीका लगाउने र आशीर्वाद लिन प्रायः सबै व्यस्त हुन्छन् तर लेकाली समुदायमा न दसैँ आउँछ, न त तिहार नै ।

त्यही लेकाली समुदायका एक हुनुहुन्छ ६५ वर्षीय योन्जेन शेर्पा । फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका उहाँ याक–चौँरीगाईसँग रमाउन थालेको ६५ वर्ष भयो ।समुद्र सतहदेखि चार हजार ३०० मिटर उचाइको मौवटारमा उहाँको गोठ छ । छोराछोरीलाई अंशका रुपमा चौँरी बाँडेर पनि उहाँसँग अहिले ३० वटा छ । दशवटा दुहुना छन् । बिहान उठ्ने बित्तिकै एक गिलास दूध चिया लिए पछि झिसमिसेदेखि दुहुना चौँरी बटुलेर दूध दुहुँदा घाम लागिसक्छ ।

तिनलाई चरन क्षेत्रमा पु¥याएर गोठमा आएर खाना खाँदा आधा दिन गइसकेको हुन्छ । बिहान दुहेको दूधलाई मोही, घ्यू र छुर्फी बनाउँदासम्ममा घाम क्षितिजपारी पुगिसक्छ । साँझ परेपछि छरिएका चौँरी र याकलाई जम्मा गर्दै आफ्नो गोठमा ल्याउँदासम्म जुन उदाइसक्छ । यसैगरी लेकाली बस्तीका समुदायको दिन बित्छ ।

उनीहरूको मुख्य पुर्खौली पेसा चौँरी–याकपालन नै हो । वर्ष दिनमा आउने दसैँ तिहारजस्ता पर्वबारे आफूहरूलाई थाहै नहुने भएकाले चासो नभएको फक्ताङलुङ गाउँपालिकाका हेम्वे शेर्पाले बताउनुभयो । चौँरी याकसँग हिमाल डुल्दाडुल्दै कतिखेर दसैँ आउँछ कति खेर तिहार आउँछ थाहा नै नहुने गरेको अर्का स्थानीयवासी तेन्जिङ शेर्पाले बताउनुभयो । मौवटारमा चार, सिंजेको पोखोरी क्षेत्रमा तीन, र याङमा क्षेत्रमा नौवटा याकको घुम्ती गोठ छ । मिक्वाखोला गाउँपालिका—५ तोक्पेगोला क्षेत्रमा ३५ घुम्ती गोठ रहेको मिक्वाखोला गाउँपालिका–५ वडाध्यक्ष डण्डु लामाले बताउनुभयो ।

ताप्लेजुङ हिमाली जिल्ला भएकाले यहाँ धेरै लेकाली बस्ती छ । हिमाली बस्तीमा बासोबास गर्ने समुदाय पशुपालनमै निर्भर हुने भएकाले दसैँको खासै महत्व नहुने फक्ताङलुङ–७ का चुङदाक शेर्पाले बताउनुभयो । सहर बजारमा दसैँको उत्साह छाए पनि हिमाली बस्तीमा दसैँ तिहारको न उत्साह न त उमङग नै दैनिक चौँरी याक चराउँदैमा उनीहरूको दिन बित्नेगर्छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।