अध्यक्ष दाहालद्वारा महासचिव वैद्यको स्वास्थ्यवस्थाबारे जानकारी

काठमाडौँ, १ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

आज थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर अध्यक्ष दाहालले वैद्यको स्वास्थ्य अवस्थवस्थाबारे जानकारी लिनुभएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि महासचिव वैद्य आइतबार नर्भिक अस्पतालमा भर्ना हुनुभएको थियो ।

सो क्रममा वैद्यको उपचारमा संलग्न चिकित्सकले उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । दमको समस्याबाट पीडित वैद्यको स्वास्थ्यअवस्था सुधारोन्मुख रहेको छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।