लगातार बर्षाका कारण जनजीवन प्रभावित

धनकुटा, २ कार्तिक । लगातारको बर्षाको कारण धनकुटाको समेत जनजीवन प्रभावित भएको छ । आइतबार देखि परेको बर्षा सोमबार साँझदेखिको निरन्तर बर्षाका कारण जनजीवन प्रभावित बनेको हो ।

बर्षाका कारण सदरमुकाम धनकुटा बजारमा चहल पहल घटेको छ भने दशैंमा गाउँघर गएकाहरु लाई कर्मथलो फर्कन समेत समस्या भएको छ । बर्षाका कारण हिउँदे बालि लाई किसान लाई राहत दिएको भए पनि धानवालिमा भने क्षेती गरेको छ ।

यो पनि…

वर्षाले धनगढी आसपासका क्षेत्र जलमग्न

कैलाली, २ कात्तिक (रासस) ः आइतबारदेखिको लगातार वर्षाका कारण धनगढी आसपासका विभिन्न क्षेत्र जलमग्न भएका छन् । मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, कृष्णनगर, मालिका टोल, उत्तरबेहडी, क्याम्पस रोड, पुरानो भन्सार कटान गाउँको दक्षिणपट्टीको बस्तीलगायतका क्षेत्र जलमग्न भई जनजीवन प्रभावित बनेको छ ।

जिल्ला प्रशासन कार्यालय कैलाली सूचना अधिकारी शिवराज जोशीले वर्षाले धनगढी आसपासका विभिन्न क्षेत्र जलमग्न हुनुका साथै दर्जनांै बढी घरमा पानी पसेको बताउनुभयो । उहाँले भन्नुभयो,“विभिन्न ठाउँबाट घरमा पानी पसेको गुनासो आइरहेको छ तर यकिन तथ्याङ्क आउन भने बाँकी छ ।”

धनगढी बजारलगायत आसपासका क्षेत्रका पसलमा पनि पानी पसेको छ । धनगढी–२ मालिका टोलका योगेश्वरी ओझाले बस्तीमा हिँडडुल गर्ने बाटो जलमग्न भई जावतजावतमा समस्या भएको बताउनुभयो । पानी निकास हुने ढलको व्यवस्थापन नभइ सडक पिच हुने गरेका कारण पनि बस्ती डुवानमा पर्ने गरेकोले डुबानबाट सुरक्षित रहन पानी निकास हुने नाला, ढलको उचित व्यवस्थापन हुन जरुरी रहेको स्थानीयवासीको भनाइ छ ।

यहाँ बजार आसपासका बस्ती मात्रै नभइ बजारका कतिपय मूल सडक पनि जलमग्न भएका छन् । यसरी मूल सडकमा पानीको तलाउ जम्मा भई आवतजावतमा समस्या भएको छ । मुख्य रुपमा पानी निकासा हुने गरेका उपमहानगरपालिकाभित्रका प्राकृतिक खोलानाला अतिक्रमण भएपछि डुवानको समस्या बर्सेनि दोहोरिने क्रम बढ्दै गएको छ । त्यसैगरी वर्षाले यहाँका धानबाली क्षति पु¥याएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।