बर्षाका कारण धनकुटाका विभिन्न स्थानमा सडक अबरुद्ध,अहिले सम्म मानविय क्षति छैन : प्रहरी
धनकुटा,२ कार्तिक । लगातारको बर्षाका कारण धनकुटाका विभिन्न स्थानमा पहिरो र वाढीले गर्दा सडक अबरुद्ध भएका छन् ।
बर्षाका कारण पहिरो र बाढी आउँदा धनकुटाको महालक्ष्मी नगरपालिकाको माङ्गमागे खोलामा आएको बाढी पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
त्यस्तै भेडेटार मुलघाट सडक खण्डको घण्टेमा बाढीले बाटो बगाउँदा सवारी साधन आवागमन अबरुद्ध बनेको छ । त्यस्तै पाख्रिवास नगरपालिको डिकुरेमा समेत पहिरोले सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक दिपक कुमार रायले जानकारी दिनु भयो ।
त्यस्तै धनकुटा नगरपालिका ७ मा १ घर पहिरोको जोखिममा रहको समेत प्रहरीले जनाएको छ । यी सबै स्थानमा प्रहरी परिचालन भई सकेको समेत उपरिक्षक रायले बताउँनु भयो ।
त्यस्तै धनकुटा नगरपालिका ६ आँखा अस्पताल छेउमा लडेको रुख भने हटाइ सकिएको प्रहरीको भनाई छ । अहिले सम्म मानविय क्षेती भने नभएको प्रहरीले जनाएको छ ।-फाइल तस्बीर


