अबरुद्ध धरान–धनकुटा सडक एक तर्फी संचालनमा
धनकुटा । धनकुटाको लेउती खोलामा आएको बाढीले सडक बगाएपछि अबरुद्ध बनेको कोशी राजमार्गको धरान–धनकुटा खण्ड एक तर्फी संचालनमा आएको छ ।

हिजाो सडक बगे संगै ठप्प भएको सडक आज दिउँसोबाट संचालनमा आएको प्रहरीले जनाएको छ ।
बाढीले कोसी राजमार्गको सिम्सुवा–मुलघाट खण्डको घण्टे भन्ने स्थानमा एकसय मिटर भन्दा बढि पक्की सडक बगाएको थियो । यस्तै गर्जुवा खोलामा आएको बाढिले सडक भत्काएको थियो ।


