धनकुटा सॉंगुरीगढीका कांग्रेस सभापतीको चार तारे झण्डा ओढाएर गरियो अन्त्यष्टि

धनकुटा । धनकुटाको सागुरीगढी गाउपालिका वडा नं. १० आहालेका नेपाली कांग्रेसका सभापती स्व. झगेन्द्र राईको पार्टीको चार तारे झण्डा ओढाएर सम्मान पूर्वक अन्त्यष्टि गरिएको छ ।

आहालेबाट धरान तर्फ गत कार्तिक २ गते साझ आउदै गरेका राई बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा अस्ति साँझ बैरे खोलाले वगाएर मृ त अवस्थामा शव फेला परेको थियो ।

कांग्रेस वडा सभापती झगेन्द्रको हिजो धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाेष्टमार्टम गरि कांग्रेस धनकुटाका नेताहरुले पार्टीको झण्डा ओढाएर सम्मान गरी अन्त्यष्टि गरेका हुन्।

नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्यहरु पृती बान्तवा,हर्क चेम्जोग,चन्द्र श्रेष्ठ,जिल्ला सदस्य तथा सागुरीगढी गाउपालिकाका सभापती नेपालधन राई, क्षेत्रिय सभापती जितेन्द्र राई, प्रजातन्त्रवादी प्रध्याक संघका केन्द्रिय उपाध्यक्ष जिवन राई,सागुरीगढी नेपाली कांग्रेस पालिका कार्य समितिका उपसभापती मणीराज राई, सचिव द्धय आईत लिम्बु,खगेन्द्र लिम्बु ,वडा सभापती सन्तोष राई लगायतले वडा सभापी स्वर्गीय झगेन्द्र राईको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिए ।

सो अवसरमा धनकुटा जिल्ला नेपाली कांग्रेस सागुरीगढी गाउपालिका निर्वतमान सभापती यम प्रकाश मगर,वडा नं. १ का सभापती भुपेन राई,वडा नं. २ का सभापती योगेन्द्र ईवा,वडा नं. ४ का सभापती पृती लिम्बु,वडा नं. ६ का सभापती सन्तोष राई,धनकुटा नगरपालिका वडा नं.६ का सभापती रुपेश श्रेष्ठ, धरान उपनगरपालिका वडा नं. ११ का नेपाली कांग्रेसका सभापती लोकेन्द्र फागो,उपसभापती वसन्त राई,नेपाल तरुण दल धनकुटाका वरिष्ठ उपाध्यक्ष धिरज तामांग,किशोर लिम्बु,तरुण डिफेन्स फोर्सका सागुरीगढीका संयोजक दिपेन्द्र लिम्बु,सागुरीगढी वडा नं. १०का वडा सदस्य हरीभक्त राई, नेपाली कांग्रेसका पूर्व वडा सभापती अमल राई,उमेश राई, खिनमाया महत,हस्त राई,वडा नं. ६ का वडा सदस्य सुन वहादुर राई लगायतले वडा सभापती स्व. झगेन्द्रको पार्थिव शरिरमा फुलमाला लगाई अन्तिम श्रद्धाञ्जली अपर्ण गरेका थिए ।

पार्टीको १४ औ महाधिवेशन अन्र्तगत गत महिनामा वडा अधिवेशनको क्रममा धनकुटाको सागुरीगढी वडा नं. १० बाट कांग्रेसको वडा सभापतीमा निर्वार्चित हुनु भएको झगेन्द्रको निधनको पिडा सहन नसकी आज विहान उहाका धर्मपत्नी अनु राईको समेत ह्दयघात भै आज विहान निधन भएकोले श्रीमान श्रीमतीको एकै साथ अन्त्यष्टि गरिएको नेपाली कांग्रेस धनकुटाले जनाएको छ ।

२०३५ माघ १३ गते बुबा नर वहादुर राई र आमा टाङ राईको कोखबाट जन्मनु भएका कांग्रेस वडा सभापती स्व. झगेन्द्रको आमा,बुबा,एक छोरा अनोज राई ,एक छोरी सत्या राई छन् । झगेन्द्र वेपत्ता भएको खवर सुनेपछी साथी खोज्न गएको तर दुर्भाग्यवस साथीको लास मात्र भेटेपछी आफुहरु अत्यन्त दुखित भएको र उहाको निधनले नेपाली कांग्रेस धनकुटालाई अपुरणीय क्षयती पुगेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

धनकुटा जिल्लाको सागरीगढी गाउपालिका वडा नं. १० का कांग्रेस सभापती झगेन्द्र राई बेपत्ता हुनु भएको खवर प्राप्त हुनु साथ जिल्लाबाट नेपाली कांग्रेस जिल्ला सचिव विजय सन्तोषी राई,कोषाध्यक्ष दिनेश राई,क्षेत्रीय सभापती जितेन्द्र राई, वडा नं. १ का सभापती भुपेन राई,वडा नं. ६ का सभापती सन्तोष राई,धनकुटा नगरपालिकावडा नं.६ का सभापती रुपेश श्रेष्ठ सहितको टोली खोजतलास गर्न गएको थियो । उहाको आफन्त जन र प्रहरीले खोजतलासको क्रममा खोलाको किनारमा वडा सभापती स्व. झगेन्द्र को लास एक दिन पछी मात्र फेला पारेकाे थियाे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖