नजिकिँदै गरेको पर्व तिहारलाई झिलीमिली बनाउने नवनिर्मित सवस्टेशनबाट सेवा सुरु

–शङ्खर पहाडी ,सर्लाही, ५ कात्तिक। सर्लाहीको लालबन्दी नगरपालिका–१ मा निर्माण गरिएको १३२÷३३ केभीए सवस्टेशन आयोजनाले आजबाट जिल्लाको हरिवन र लालबन्दी क्षेत्रमा विद्युत्् सेवा प्रवाह सुरु गरेको छ । करिब रु ४७ करोडको लागतमा निर्माण गरिएको उक्त आयोजनाले नजिकिँदै गरेको पर्व तिहारलाई झिलीमिली बनाउने भएको छ ।

लालबन्दी नगरपालिका–१ मा निर्माण गरिएको जिल्लाकै ठूलो आयोजनाले वितरण गरेको विद्युत् सेवालाई भरपर्दो र गुणस्तरीय वनाउन सवस्टेशन निर्माण गरिएको जनाइएको छ ।

सवस्टेशनबाट विद्युत् प्रवाह भएपछि आफूहरुलाई खुसी लागेको र विद्युतीय समस्याबाट मुक्त भएको स्थानीय हरिप्रसाद धमलाले बताउनुभयो । कोरोना महामारी, वर्षायाम र चाडपर्वका कारण निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसके पनि आफूहरुले काम गर्न कुनै कमी नगरेको पावाटेक वाइवा जेभी कम्पनीका प्रतिनिधि एचपी लामाले बताउनुभयो ।

ट्रान्सफर्मर कात्तिक २ गतेदेखि नै चार्ज गर्न सुरु गरिएको र नवलपुरबाट विद्युत् प्रवाह सुरु भएपछि सर्लाहीमा विद्युतीय समस्या समाधान हुने आयोजना प्रमुख निरन्जन साहले बताउनुभयो । उहाँका अनुसार समयमै काम सकेर दसैँदेखि नै विद्युत् सेवा विस्तार गर्ने लक्ष्य रहेकामा लकडाउनका कारण समस्या परेको र अबको एक महिनामा निर्माणको सानोतिनो सबै काम सकिने भए पनि विद्युत् प्रवाह भने आजैबाट सुरु भएको छ ।

सवस्टेशन निर्माणको सम्पूर्ण काम सम्पन्न भएपछि हरिपुर तथा मलङ्गवाका सवस्टेशनमा विद्युत् सेवा प्रवाह गरिने र जिल्लामा विद्युत्सम्बन्धी समस्या समाधान हुने आयोजना प्रमुख साहको भनाइ थियो । जिल्लाका तीन वटै सवस्टेशन ३३÷११ केभीएका मात्र रहेका कारण समस्या हुँदै आएको थियो । अब यो सवस्टेशन बनेपछि समस्या समाधान हुने विश्वास लिइएको छ ।

अहिले तीनवटै सवस्टेशनलाई धनुषाको ढल्केवर र रौतहटको चन्द्रनिगाहपुरको सवस्टेशनबाट विद्युत् ल्याउनु परेकामा अब नवलपुरको सवस्टेशन निर्माण भएपछि लालबन्दी र हरिवनका लागि नवलपुरबाट सिधै र हरिपुर र मलङ्गवाका सवस्टेशनबाट समेत सेवा सञ्चालन हुनेछ । बाहिरबाट ल्याएको विद्युत्ले जिल्लाको आपूर्ति थाम्न नसकेका कारण जिल्लामा विद्युतीय समस्या रहेको थियो ।

त्यही समस्या समाधान गर्न जिल्लामै सवस्टेशन निर्माण भइरहेको आयोजना प्रमुख साहले बताउनुभयो । यो सवस्टेशनका लागि ढल्केबर ग्रिड शाखाबाट पनि सेवा सञ्चालन हुनेछ । उहाँका अनुसार हरिपुर र मलङ्गवा सवस्टेशनलाई नवलपुरले लाइन दिने र लालबन्दी तथा हरिवनका लागि नवलपुर आफैँले सेवा विस्तार गर्नेछ।

नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको करिब रु ४६ करोड ३६ लाखको लागतमा आर्थिक वर्ष २०७५÷०७६ देखि सवस्टेशन निर्माणको पावाटेक वाइवा जेभी कम्पनीले निर्माणको ठेक्का पाएको थियो । कोरोना महामारी, वर्षायाम, चाडपर्व आदिका कारण म्याद थप गरेर निर्माण गरेको कम्पनीले निर्माणको सम्पूर्ण काम आव २०७८÷०७९ भित्रैसम्पन्न गर्ने गरी काम गरिरहेको निर्माण कम्पनीका प्रतिनिधि लामाले बताउनुभयो ।

जिल्लामा केन्द्रीय प्रसारण लाइनको पहुँच पु¥याउनका लागि सवस्टेशन निर्माणको काम गरिएको र अबको करिब एक महिनामा निर्माण सम्पन्न हुने उहाँको भनाइ थियो । सामान्य काम बाँकी रहेको र अबको करिब एक महिनामा सम्पूर्ण निर्माणको काम सम्पन्न हुनेछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖