दशैं सकिएसंगै धनकुटा सदरमुकाममा समेत चहल पहल बढ्यो

धनकुटा,५ कार्तिक । नेपालीहरुको महान पर्व बिजया दशमी बडा दशैं सकिए संगै दशैंमा घर गएकाहरु फर्कन थाले संगै धनकुटा सदरमुकाममा समेत चहलपहल बढ्दै गएको छ ।

फुलपाती देखि घटेको चहल पहल दशैं सकिए संगै विस्तारै बढ्न थालेको हो । अध्यायन, रोजगारी लगायतका कारण सदमुकाम बसेकाहरु जन्म स्थान गाउँ गए संगै सुनसान बनेको सदसमुकाम कर्मथलो फर्कने बढे संगै चहल पहल बढेको हो । अन्य बर्षहरुमा टिकाको भोली पल्टबाटै चहल पहल सुरु हुने भए पनि यो बर्ष भएको अविरल बर्षाका कारण ग्रामीण सडक अबरुद्ध भए थोरै संख्यामा मात्र मानिसहरु कर्म थलो आएका छन् ।

बर्षा रोकीएको र ग्रामिण सडक मर्मत सुरु भएकाले केहि दिनमै धरै मानिस सदरमुकाम आउने अनुमान गरिएको छ । गाउँघर गएका अधिकांश विद्यार्थीहरु भने तिहार पछि मात्र सदरमुकाम आउने गर्दछन् ।

यो पनि पढ्नुहोस्…

सरकारले गति समात्न सकेन : गगन थापा

काठमाडौं, ५ कात्तिक/नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सरकारले गति समात्न नसकेको बताएका छन् । सय दिनमा सरकारले आशलाग्दो सुरुवात गर्न नसकेको उनको भनाइ थियो ।

नेपाल विद्युत प्राधिकरणको कर्मचारी संघको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले भने, ‘सरकारले जुन गति समाउनुपर्ने हो त्यो गति हामीले पक्रिनसकेका छैनौं । नेपाली नागरिकलाई डर लागेको छ । जसरी हामीले पहिलोपटक २००७ सालपछि खेर फाल्यौं । फेरि १९९० पछि खेर फाल्यौं । अहिले फेरि एउटा मौका खेर फाल्दैछौं कि भनेर डर लागिरहेको छ ।’

नेता थापाले हाम्रो अगाडि केही मौकाहरु बाँकी रहेको र यस्तो बेला सम्हालिनुपर्ने आवश्यकता औल्याए । ‘एसियाभित्र भारत र चीनलाई केन्द्र बनाएर विश्वको राजनीति, विश्व अर्थतन्त्र चलिरहेको छ । त्यसको नजिक हामीहरु छौं र यो अवसर १५/२० वर्ष अझै रहनेछ । नेपाल लाभ लिनसक्यो भने सक्यो । नत्र हामी चुक्छौं । नेपालले प्रगति गर्न सक्दैन,’ उनले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।