कांग्रेस वडा सभापती राईको रहस्यमय र शंकास्पद तरिकाले मृ त्यु भएको भन्दै निष्पक्ष ढंगले छानविन गर्न माग
कार्तिक ५,धनकुटा । नेपाली कांग्रेस धनकुटाले जिल्लाको सागुरीगढी गाउपालिका १० का नेपाली कांग्रेस वडा सभापती झगेन्द्र राईको रहस्यमय र शंकास्पद तरिकाले मृ त्यु भएको भन्दै निष्पक्ष ढंगले छानविन गर्न माग गरेको छ ।
घट्नाको प्रकृती, फेला परेको शवको अवस्था र घट्ना स्थिलको वस्तु स्थिति हेर्दा कार्तिक ३ गते खोलामा मृ त अवस्थामा फेला परेका वडा सभापति झगेन्द्रको रहस्यमय र शंकास्पद तरिकाले मृ त्यु भएको भन्दै निष्पक्ष छानविन गर्न प्रहरी, प्रशासन समक्ष नेपाली कांग्रेस धनकुटाले माग गरेको हो ।
आज एक शोक विज्ञप्ति जारी गर्दै त्यस्तो माग गरेको हो साथै स्व वडा सभापति झगेन्द्र तत्कालिन धनकुटा नगरपालिका वडा नं ९ टेकुनालाका पूर्व वडा सभापती स्व दिल वहादुर राईको सम्मानमा आजदेखी तीन दिन सम्म पार्टी कार्यालयमा झण्डा झुकाएर कार्यालय बन्द गरेको छ ।
पार्टीका जिल्ला सचिव विजय सन्तोषी राईले शोक विज्ञप्ति जारी गर्दै उहाहरुको सम्मानमा तीन दिनसम्म जिल्ला,प्रदेश सभा, निर्वाचन क्षेत्रिय कार्य समिति,पालिका कार्य समिति र वडा कार्य समितिको कार्याल बन्द गर्न आग्रह गरिएको छ । उनिहरुको निधनले नेपाली कांग्रेस धनकुटाले सच्चा इमानदार,शाहसिक,उर्जाशिल र कर्तव्य निष्ठ नेताहरु गुमाएकोले पार्टीलाई अपुरणीय क्षती पुगेको विज्ञप्तिमा उल्लेख छ ।
घट्नाको प्रकृती र फेला परेको लासको अवस्था र घट्ना स्थिलको वस्तु स्थिति हेर्दा वडा सभापती राईको मृ त्यु रहस्यमय र शंकास्पत देखिएकोले घट्ना निष्पक्ष र गहिरो अनुसन्धान गर्न प्रहरी र प्रशासन संग माग गरिएको जिल्ला सचिव राईले वताउनु भयो ।



