पति झगेन्द्रको निधनपछि रुंदा रुंदै पत्नी अनुको पनि निधन,संगै गरियो अन्त्येष्टि
धनकुटा । मानिसको जीवन र परिवारमा अकल्पनिय घटनाहरु धेरै घट्ने गर्दछन् । त्यस्तै मध्येको एउटा अकल्पनिय घट्ना घटेको छ, धनकुटाको सागुरीगढी गाउँपालिका १० आहालेका झगेन्द्र राईको परिवारमा ।
दशै मनाउन गाउँ आएका झगेन्द्र आउदा आउदै बीच बाटो मै कार्तिक २ गते बेपत्ता भए । नेपाली कांग्रेस वडा सभापति समेत रहेका उनि बेपत्ता भएको खबर सुनेपछि खोजतलासका लागि गएका साथिभाई र आफन्तहरुको भनाई अनुसार वेपत्ता भएको एकदिन पछि आहाले-धरान सडक खण्ड अन्र्तगतको बैरे खोलामा झगेन्द्रको शव फेला पर्यो ।
२०३५ माघ १३ गते बुबा नर वहादुर राई र आमा टाङ राईको कोखबाट जन्मनु भएका झगेन्द्रको निधनको खबर सुनेपछि उहाँकी श्रीमती अनुको पनि निधन भयो ।
२०३६ साल पौष १७ गते जन्मनु भएका अनुको पनि पति वियोगको पीडामा रुँदारुँदै निधन भएपछि उनिहरु दुवै जनाको एकै दिन एउटै ठाउँ धरान स्थित हरियाली जंगलमा ४ गते अन्त्यष्ठि गरिएको छ । उनिहरुको एक छोरा,एक छोरी र आमा-बुवा छन् ।


